पोखरा । पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेय नेतृत्वको कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिएको छ ।
सोमबार आयोजित समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले साझा एजेन्डा बनाउँदै दुवै उद्योग वाणिज्य संघ निजी क्षेत्रको अधिकारको लागि सशक्त रुपले अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले पोखराको आर्थिक र भौतिक विकासको लागि दुवै उद्योग वाणिज्य संघहरुले पहल गर्नुपर्ने बताए । उनले महासंघबाट आउने कार्यक्रममा सहकार्य गर्न पनि दुवै संघलाई सुझाए ।
लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य चन्द्रकृष्ण कर्माचार्यले २०५४ साल असार २० गते लेखनाथ उद्योग वाणिज्य संघ स्थापनाको स्मरण गर्दै व्यवसायीकै हितको लागि संघ गठन भएको बताए । दुवै उद्योग वाणिज्य संघको सहकार्यले मात्र पोखराले समृद्धि प्राप्त गर्ने उनको धारणा थियो ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं सल्लाहकार दीपक श्रेष्ठले दुवै उद्योग वाणिज्य संघले व्यवसायीलाई हित हुने अभियानमा सहकार्य गर्नुपर्ने बताए । उनले निजी क्षेत्रको एउटै आवाज नभए कमजोर भइन्छ भन्ने मनन गर्न पनि सुझाए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले लेखनाथको नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रको एजेन्डालाई स्थापित गर्न सहकार्य हुनैपर्नेमा जोड दिए । लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेयले पोखरा उद्योग वाणिज्य संघले देखाएको सद्भावप्रति कृतज्ञता ज्ञापन गर्दै सहकार्यको अटुट परम्परालाई अझ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा सञ्चालित कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले संघहरुको आर्थिक अवस्था सुदृढ बनाउन र सदस्यहरुको हितमा काम गर्न सहकार्य जरुरी रहेको बताए ।
सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हालै नेपाली कांग्रेस पोखरा नगर समितिमा निर्वाचित भएका संघकै महासचिव सुरेन्द्रमान बिजुक्छेलाई पनि बधाई ज्ञापन गरे ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१