पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पोखरामा जारी राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगमा क्लबहरुले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । प्रतियोगितामा सहभागी १० वटै क्लबहरुले शुक्रबार रेफ्रीको कमजोर निर्णय शैलीको विरोध गर्दै एन्फाको फुटसल कमिटीलाई ज्ञापनपत्र बुझाए ।
क्लबका प्रशिक्षक तथा म्यानेजरहरुले रेफ्रीका विभिन्न ७ कमजोरी औंल्याउँदै एन्फाअन्तर्गत फुटसल कमिटीका प्रमुख विनोद गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रेफ्रीमा कमजोर निर्णय क्षमता, घरेलु तथा दर्शकको दबाब थेग्न नसकेको, अनुभवको कमी नियमप्रति पूर्ण जानकार नभएको लगायत आरोप लगाइएको छ । रेफ्रीको कमजोर निर्णय शैलीले प्रतियोगितामा नै नकारात्मक असर पर्न गएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रेफ्रीबाट भएको कमी कमजोरी छिटो समाधान नगरिए लिगबाट बाहिरिने चेतानवी उनीहरुले विज्ञप्तिमार्फत् दिएका छन् । एन्फालाई ज्ञापनपत्र बुझाउँदै नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष एवं ढुकु फुटसल हबका मुख्य प्रशिक्षक राज महर्जनले सबै रेफ्री नयाँ भएकाले परिपक्व निर्णय लिन नसकेको आरोप लगाए । सुरुमा अरु टिमले असन्तुष्टि जनाए पनि पोखराका टिमहरु रेफ्रीबारे बोलेका थिएनन् । तर पोखराका दुवै टिमले असन्तुष्टि जनाएपछि ज्ञापनपत्र बुझाउनु परेको उनले बताए ।
ज्ञापनपत्र बुझेपछि एन्फा फुटसल प्रमुख विनोद गुरुङ टिमले गरेको गुनासोका विषयमा त्रिपक्षीय छलफल गरेर अघि बढ्ने जानकारी दिए । पहिलो राष्ट्रिय लिग भएकाले आफूहरुको तर्फबाट पनि गल्ती हुन सक्ने भन्दै उनले कमजोरी सुधार्दै जानुपर्नेमा जोड दिए । समस्या समाधानका लागि शनिबार छलफल राखेको उनको भनाइ थियो ।
शंखमुल र सविन मेमोरियल विजयी
‘ए’ डिभिजन फुटसल लिगअन्तर्गत शुक्रबार ३ खेल भएका छन् । जसमा शंखमुल फुटसल क्लब र सविन मेमोरियल क्लब विजयी भएको छ । ढुकु फुटसल हबले प्रभातफेरी युथ क्लबसँग बराबरी खेलेको छ ।
पहिलो खेलमा शंखमुलले दि राइजिङ क्लब धरानलाई ५–२ गोलअन्तरले पराजित ग¥यो । शंखमुलको जितमा कृजल खड्काले २ तथा अरुज सिंह, म्यान अफ दी म्याच मणि लामा र सुशन श्रेष्ठले समान १ गोल गरे भने विसन श्रेष्ठ र सुदीप गुरुङले गोल फर्काए । जितसँगै शंखमुल ८ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । राइजिङ भने ९ अंकका साथ अंक तालिकाको दोस्रो स्थान छ ।
दोस्रो खेलमा पोखराको सविन मेमोरियलले रुपन्देहीको झरना स्पोर्टस्लाई ७–१ गोल अन्तरले हरायो । फराकिलो जितसँगै सविनले गोल अन्तर पनि बढाएको छ । प्रतियोगिताको ३ खेल जितेको सविनको राइजिङसँगै ९ अंक भए पनि गोलअन्तर बढी भएका कारण सविन अंक तालिकाको पहिलो स्थानमा उक्लेको छ । सविनको जितमा म्यान अफ दी म्याच अविनास तामाङले ह्याट्रिक पूरा गरे । मनीष सेढाईंले २ तथा मनोज गुरुङ र सुनील विकले १/१ गोल गरे ।
तेस्रो खेलमा ढुकुले प्रभातफेरीसँग ४–४ बराबरी खेलेको छ । ढुकुको तर्फबाट विक्रान्त नरसिंह रानाले २ तथा अभय राना र सुमन तामाङले १/१ गोल गरे । प्रभातफेरीका लागि म्यान अफ दी म्याच धिरज जोशी, धिरज श्रेष्ठ, सन्तलाल गुरुङ र श्रीजेश पुरीले १÷१ गोलको योगदान दिए । बराबरीसँगै अंक तालिकामा खाता खोल्दै नवौं स्थानमा उक्लिएको छ । ढुकु लिगको चौथौं चरणसम्म १ जित १ बराबरी र २ हारसँगै ४ अंकका साथ सातौं स्थानमा छ ।
Related News
सम्बन्धित समाचार
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१