बिरौटा सहकारीको रक्तदान

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७८
Birauta Sahakari

पोखरा । बिरौटा बचत तथा ऋण सहकारीले १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदानमा ३३ युनिट रगत संकलन भएको छ । रक्तदानको शुभारम्भ छातीरोग विशेषज्ञ डा. सिपी आचार्यले संस्थाका उपाध्यक्ष टीकाप्रसाद पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी गरेका थिए ।
डा. सिपी आचार्यले सहकारी आयोजनामा भएको रक्तदान कार्यक्रमले समाजमा रक्तदानप्रति सकारात्मक धारणाको विकास गर्दै संस्थाको सामाजिक उतरदायित्व पूरा गर्ने प्रयास गरेको बताए । संस्थाले गरेको सामाजिक कार्यले रक्त अभावमा छटपटिएका बिरामीलाई जीवनदान गर्ने हुँदा यस्तो कार्यक्रमलाई निरन्तरता उनले बताए ।
संस्थाका अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टीकाप्रसाद पौडेलले स्वागत र कार्यक्रम संयोजक विकास गुरुङले रक्तदानबारे चर्चा गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव कृष्णबहादुर श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width