वक्तृत्वकला प्रतियोगितामा समिति प्रथम

आदर्श समाज सम्वाददाता
असाेज १, २०७८
machha~

हेमजा । माछापुच्छ्रे गाउँपालिकाले बाल दिवस अवसरमा अन्तरमाविस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । प्रतियोगितामा निष्पक्ष माविकी समिति बरालले प्रथम स्थान हासिल गर्दैे ५ हजार नगद पुरस्कार साथमा प्रमाणपत्र प्राप्त गरिन् ।
यसैगरी पृथ्वीनारायण माविकी रञ्जिता भण्डारी द्वितीय, भूमेश्वर माविका निर्मल ढुंगाना तृतीय र माछापुच्छ्रे माविकी सन्ध्या भण्डारीले सान्त्वना स्थान हासिल गरे । उनीहरुले क्रमशः ४ हजार, ३ हजार, २ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका हुन् ।
‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकार संरक्षण हाम्रो जिम्मेवारी’ नाराका साथ कोरोना प्रभावले बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा पारेको प्रभाव यसका अवसर तथा चुनौती विषयमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा पालिकाभित्रका सामुदायिक र संस्थागत गरी कुल ११ विद्यालयको सहभागिता थियो।
गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले कोरानाका कारण बालबालिकाले विद्यालयमा गएर अध्ययन गर्न पाउने अधिकारबाट बञ्चित बन्नुपरेको बताए ।त्यस अवसरमा वडा ४, लाहाचोकस्थित ज्ञानज्योति माविका छात्र विवेक परियारलाई एथ्लेटिक्स खेलाडीको रुपमा नगद ५ हजारसहित सम्मान गरियो ।

Related News

सम्बन्धित समाचार

hero news full width