चितवन । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा स्थानीय तहहरूले स्थापना गरेका आइसोलेशन खाली हुँदै गएका छन् । यहाँका आइसोलेशन र अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । जिल्लामा सात स्थानीय तहहरूले कोरोना कहरको समयमा स्थानीयको उपचारका लागि भन्दै स्थानीय तहमै आइसोलेशन सञ्चालनमा ल्याएका थिए ।
सात स्थानीय तहमध्ये अहिले पाँच स्थानीय तहका अइसोलेशनमा बिरामीको सङ्ख्या शून्य छ । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेशनमा सङ्क्रमितको सङ्ख्या शून्य छ ।
माडी नगरपालिकाको आइसोलेशनमा एक र कालिका नगरपालिकाको आइसोलेशनमा दुई सङ्क्रमितको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाका सात पालिकाका आइसोलेशनमा र अस्पतालमा गरी ७१७ बिरामी अट्ने शय्यामा अहिले ४८ सङ्क्रमित छन् । भरतपुर अस्पतालमा ११० शय्या कोभिडका लागि छुट्याइएकामा हाल ३६ जना सङ्क्रमितको उपचार भइरहेको छ । चितवन मेडिकल कलेजमा आठ कोभिडका बिरामीको उपचार भइरहेको छ । यस अस्पतालमा १३२ शय्या कोभिडका लागि छुट्याइएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमितको सङ्ख्या शून्य छ । यस अस्पतालमा २१० शय्या कोभिडको उपचारका लागि छुट्याइएको उहाँले जानकारी दिनुभयो ।
यस्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १४० शय्यामा एक सङ्क्रमितको उपचार भइरहेको छ । स्थानीय तहअन्तर्गत भरतपुर महानगरपालिकाले शिवनगरमा सञ्चालन गरेको कोभिड अस्पतालमा ३० शय्या भए पनि हाल सङ्क्रमित छैनन् । माडी नगरपालिकाको १० शय्याको आइसोलेशनमा एक, रत्ननगर नगरपालिकाको आठ शय्या, राप्ती, खैरहनी नगरपालिकामा सङ्क्रमित शून्य रहेको उहाँले जानकारी दिनुभयो । यस्तै कालिका नगरपालिकामा १२ शय्याको आइसोलेशनमा दुई बिरामीको उपचार भइरहेको छ । इच्छाकामना गाउँपालिकाको २५ शय्याको अस्पतालमा शून्य सङ्क्रमित छन् ।
जिल्लामा हाल सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या ६८५ र छन् । जसमध्ये अस्पतालमा ३० सङ्क्रमित छन् । छ सय ५५ जना होम आइसोलेशनमा छन् । हालसम्म २५ हजार ३८१ कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये २४ हजार २८९ सङ्क्रमण भुक्त भएका छन् । जिल्लामा कोरोनाका कारण ४०७ को मृत्यु भएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१