नेपाल मार्सल आर्ट हाप्किडो संघमा आस्था

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७८
hapkido prades sameetis

पोखरा । नेपाल मार्सल आर्टस हाप्किडो संघ गण्डकीको प्रथम अधिवेशनले अध्यक्षमा मानबहादुर घर्ती मगर (एमबि आस्था) लाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
समिति उपाध्यक्षमा तारामाया थापा मगर र खेमबहादुर गुरुङ, सचिव प्रेम बुढा मगर, सहसचिव अर्जुन गाहा मगर र कोषाध्यक्ष मदनकुमार जिसी सर्वसम्मत चयन भए । सदस्यमा कृष्णप्रसाद कोइराला, बीनाकुमारी पुन, चन्द्रकुमारी पराजुली, सवि शेरचन, श्यामबहादुर श्रेष्ठ, नरेन्द्रकुमार कार्की, किमी छ्योटेन गुरुङ, गीता राना र रामु दराई छन् । सल्लाहकारमा इन्द्रधारा विष्ट, कृष्णकुमारी श्रेष्ठ, श्रीमान् गुरुङ र डा. कृष्णप्रसाद पौडेल रहेका छन् । कानुनी सल्लाहकारमा अधिवक्ता मनोज घर्तीमगरलाई चयन गरेको छ ।
अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि, व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढामगरले खेलाडी र युवालाई स्वरोजगार बनाउन एकीकृत योजना बनाएर अगाडि बढ्ने बताए ।
गण्डकी प्रदेश खेलकुद परिषद सदस्यसचिव तेजबहादुर गुरुङले खेलकुद क्षेत्रमा बजेट कम भएकै कारण खेलको विकास हुन नसकेको बताए । उनले हाल १ प्रतिशतमा कायम रहेको खेलकुदको बजेटलाई ५ प्रतिशतसम्म पुर्‍याउन सके पनि निकै महत्वपूर्ण काम हुने बताए ।
संस्थाका अध्यक्ष एमबि आस्थाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष तथा दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष कालिबहादुर घर्ती मगर, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बानियाँ, उपाध्यक्ष तारा माया थापा मगर लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै