पोखरा । यस वर्षको सहारा उत्कृष्ट सदस्यबाट रामप्रसाद हिराचन सम्मानित हुने भएका छन् । सहारा क्लब पोखराको २३ औं वार्षिकोत्सव अवसरमा भदौ ३० गते हिराचनलाई सम्मान गरिने भएको क्लबले जनाएको छ ।
सहारा क्लबसहित सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुराएको भन्दै क्लबले सम्मानपत्र सहित उनलाई दोसला ओढाएर सम्मान गर्ने जनाएको छ । मुस्ताङको मार्फाका हिराचन लामा समयदेखि पोखरा ९ मा बस्दै आएका छन् । उनी २०५७ सालदेखि सहारा क्लबमा आबद्ध थिए ।
वीनु रानामगरको संयोजकत्वमा गठित उपसमितिले उनलाई सम्मान गर्न गरेको सिफारिस आधारमा क्लबले अनुमोदन समेत गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए । छनोट समिति अन्य सदस्यमा तिलकबहादुर क्षत्री र ज्योति केसी थिए । यसैबीच, क्लबले यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार कान्तिपुरका दीपक परियारलाई प्रदान गर्ने घोषणा गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१