पोखरा । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले युवा स्वरोजगार कार्यक्रमअन्र्तगत सामूहिक रुपमा ऋण सहयोग गर्ने भएको छ । युवालाई स्वरोजगार बनाउनका लागि बिना ब्याजमा ऋण उपलब्ध गराउने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।
कम्तीमा ७ जनाको १ समूहलाई १० वर्षसम्मका लागि २५ लाख ऋण उपलब्ध गराउने युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले बताए । यसलाई अनुदानका रुपमा नहेर्न उनको आग्रह थियो । ऋण लगेपछि १० वर्षमा फिर्ता गर्नैपर्ने उनको भनाइ थियो । यदि फिर्ता नगरे चलअचल सम्पत्तिबाट प्रदेशले असुल्नेछ । बेरोजगार युवाहरुको समूहले कृषि, प्राविधिकलगायत साना उद्योगमा लगानी गर्न सक्ने उनी बताउँछन् । ऋण सिधै गरिबको हातमा जाने र खेर नजानेमा उनी ढुक्क छन् । आफ्नो मन्त्रालयमा ५७ करोड बजेट रहेको छ । जसमा ४० प्रतिशत युवा स्वरोजगार र ६० प्रतिशत खेलकुदमा खर्च गर्ने मन्त्रालयको योजना छ । यो कार्यक्रमका लागि करिब १२ करोड छुट्याएको मन्त्री गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङले खोप कार्डका आधारमा खेलाडीलाई प्रशिक्षण सुरु गर्नुपर्नेमा जोड दिए । खोप (भ्याक्सिन) लगाएकाहरुलाई मात्र प्रशिक्षण दिने व्यवस्था गरेर खेलकुदका गतिविधि सुरु गर्न सकिने उनको भनाइ थियो । मन्त्री गुरुङले प्रशिक्षण थाल्न ढिलाइ गर्न नहुने बताए । ‘कि भने यो भ्याक्सिन कमसल खालको हो, यसले काम गर्दैन भन्नुपर्यो,’ उनले भने, ‘होइन भने त भ्याक्सिन लगाएकालाई प्रशिक्षण थाल्दा केही बिग्रिंदैन ।’ मन्त्री गुरुङले अघिल्लो एमाले सरकारले साढे ३ वर्षको समयमा खेलकुदका लागि केही पनि नगरेको आरोप लगाए । अहिले पनि हामी खेलकुदमा एबिसिडीबाट सुरु गर्दै छौं, ‘उनले भने, ‘एमाले सरकारको साढे ३ वर्षमा केही पनि गरेन ।’
मन्त्री गुरुङले अघिल्लो सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले आफ्नो क्षेत्रमा मात्र खेलकुदको बजेट लगेको आरोप लगाए । प्रदेशका ९ जिल्लाको भन्दा म्याग्दी र बागलुङका लागि मात्र दोब्बर बजेट मन्त्री पुनले लगेको उनको आरोप थियो । अघिल्लो सरकारले कुल ६ करोड बजेटमा म्याग्दी र बागलुङमा मात्र ४ करोड र बाँकी ९ जिल्लाका लागि २ करोड बजेट छुट्याएको उनले बताए । रातो किताबमै उल्लेख भएको बजेट तलमाथि गर्न नमिल्ने उनले बताए । मन्त्रालयमा बजेट कम भएका कारण सचिव पाउन नसकेको पनि उनको भनाइ थियो ।
अब कोरोना भनेर मात्र नहुने भन्दै बिस्तारै खेलकुद क्षेत्र चलायमान बनाउनुपर्ने उनको धारणा थियो । नवौं राष्ट्रिय खेलकुद पोरखामै हुनेमा ढुक्क हुन आग्रह गर्दै पोखरामा हुन लागेको राष्ट्रिय फुटसल लिग र केही महिनापछि हुने पावरलिफ्टिङ खेलमा भ्याक्सिनेटेड सबैलाई सहभागी हुन मन्त्री गुरुङले आग्रह गरे । खेल क्षेत्र चलायमान बनाउन सके पर्यटन क्षेत्र आफैं उकासिने उनको धारणा छ ।
मन्त्री मनाङेको सम्पत्ति किन सार्वजनिक भएन ?
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरूङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेका छन् । मुख्यमन्त्रीसहित अन्य मन्त्रालयका मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गरिसक्दा पनि गुरुङले विभिन्न कारण देखाउँदै ढिलाइ गरेका हुन् ।
आफूसँग कति सम्पत्ति छ भन्ने यकीन नहुँदा विवरण सार्वजनिक गर्न केही समय लाग्ने उनले बताए । युवा तथा खेलकुद मन्त्रालयले भावी योजनाबारे जानकारी दिन राखेको पत्रकार सम्मेलनमा उनले अरूलाई दिएको पैसा नआएकाले विवरण बुझाउन ढिलाइ भएको बताए ।
लगानी गरेको पैसा फिर्ता कहिले दिन्छ भन्ने थाहा नभएको उनी बताउँछन् । ‘आउनेवाला छ भनेर लेख्न पनि गाह्रो, रामेले २० लाख लगेछ, श्यामे २ लाख भनेर लेख्न नि भएन्,’ उनले भने, ‘मेरो नाममा केही छैन । मेरो नाममा केही छैन भनेर अरूको नाममा राखेको भन्ने होइन ।’ आफ्नो केही जग्गा मुद्दामामिलामा रहेको उनले सुनाए । पत्रकार सम्मेलनमै उनले भने, ‘मै आफैं कन्फ्युज छु कि मसँग के छ, के छन भनेर,’ उनले भने, ‘छैन भन्न मिल्दैन छ तर कहाँ छ फस्र्ट लाइफलाई दिइसकें, अब त्यो मेरो भन्न प्रोबलमको कुरा छ ।’
भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको ६० दिनभित्र आफ्नो वा परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मनाङेसँगै भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१