पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २ तिहाइ बहुमतको सामु प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको प्रधानमन्त्री र मुख्यमन्त्री हुन्छन् भनेर आफूले सपनामा पनि नसोचेको बताएका छन् ।
नेपाली कांग्रेस, पोखरा महानगरपालिका ६, ले शुक्रबार आयोजना गरेको नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिको पदस्थापन एवं १०८ औं बिपी जयन्तिको अवसरमा दीप प्रज्ज्वलन कार्यक्रमको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन । नेपालका कम्युनिस्टहरुले २ तिहाइको सरकार चलाउन नसक्दा उनीहरुप्रति जनताको विश्वास घटेको मुख्यमन्त्रीको भनाइ थियो ।
उनले नेपालको कठिन मोडमा नेपाली कांग्रेसले नै सत्ताको बागडोर समालेर ४६, ६२ र ६३ सालको आन्दोलन सफल भएको स्मरण गरे । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ संविधानको घोषणा भएको स्मरण गर्दै नेपालको लोकतान्त्रिक पाटी भनेकै कांग्रेस भएको बताए । प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप समयमा नै लगाइसक्ने र पोखराको पर्यटन क्षेत्र विस्तारै पहिला कै अवस्थामा फर्कनेमा आफू विश्वस्त रहेको जानकारी दिए ।
नेपाली काग्रेसका कास्की जिल्ला पूर्व सभापति तथा आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्माले कम्युनिस्टलाई अब जनताले विश्वास नगर्ने भन्दै, नेता शर्माले अब कांग्रेस देशको ठूलो पार्टी बन्ने दाबी गरे । युग पुरुष बिपी कोइरालाको स्मरण गर्दै बिपीका सिद्धान्तमा नेपाली कांग्रेस अघि बढ्नु पर्ने कुरामा जोड दिए ।
उक्त अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्माले सबै नेता कार्यकर्तालाई एकतावद्ध बनाएर कांग्रेसलाई बलियो पार्टी बनाउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस सुभेच्छुक संस्था समन्वय विभागका केन्द्रीय सदस्य तथा क्षेत्रीय प्रतिनिधि दीपकवीर कुँवरले कांग्रेसका नेताहरुमा हैकमवादी प्रवृति हाबी रहेको हँुदा कार्यकर्तामा निराशा छाएको जानकारी गराए । उनले कांग्रेसलाई सच्चिन जोड दिँदै जन नेता बिपी कोइरालाको आर्दशलाई आत्मसात् गर्न आग्रह गरे ।
पोखरा महानगर पालिका पूर्व उपमेयर तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले आफू कुनै पनि बिरुवाको फल खान नेपाली कांग्रेसमा प्रवेश नगरेको बताउँदै फल दिने बिरुवालाई मलजल गरि विरुवा हुर्काउन नेपाली कांग्रेस पार्टी रोजेको बताए । नेपालको प्रजातान्त्रिक पार्टी भनेकै नेपाली कांग्रेस भएको ठोकुवा गर्दे नेपाली काग्रेसले नेपाली जनताको मन जित्न उपस्थित सबैमा आग्रह गरे ।
पोखरा महानगर पालिका वडा न ६ का वडाध्यक्ष जगतबहादुर पहारीले चुनावसँगै पार्टीका नेता कार्यकर्तामा उत्साह आएको बताए । चुनाव प्रजातान्त्रिक प्रक्रिया रहेकोले व्यक्ति व्यक्ति बीच गाली गलौज गरेर होइन सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेस पोखरा ६ का नवनिर्वाचित वडा सभापति सन्तोष पौडेलले पार्टीलाई सशक्त ढंगले अघि बढाउन आफू हरदम तयार रहेको बताए । उनले अग्रजहरुको सल्लाह र सुझावलाई मनन गर्दै सबैलाई एकढिक्का बनाउँदै बलियो पार्टी बनाउने र आउँदो स्थानीय चुनावमा पार्टीको सम्पूर्ण टिमलाई जिताउने आफ्नो सपना रहेको स्पष्ट पारे ।
पार्टीका निवर्तमान सभापति बलराम गिरी, पूर्व सभापति नेत्रपाणि न्यौपाने, क्षेत्रीय प्रतिनिधि लक्ष्मीबहादुर भट्टराई, क्षेत्रीय प्रतिनिधि पवित्रा थापा, सचिव प्रकाश न्यौपाने लगायतले कार्यकर्तालाई जगाउने गरी पार्टी अघि बढ्न निर्वाचित पदाधिकारीहरुलाई सुझाव दिएका थिए ।
बिहीबार नै आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको सपथ खुवाएर पदस्थापन गरिएको थियो ।
निर्वतमान सभापति बलराम गिरीको सभाअध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने व्यक्तिहरुलाई पार्टी सदस्यता प्रदान गरिएको र बिपी जयन्ती अवसरमा १०८ दीप प्रज्वलन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१