कोरोनाबाट मृत्यु हुने बढ्न थाले

आदर्श समाज सम्वाददाता
श्रावण ३२, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा आइतबार १ महिना यताकै सबैभन्दा कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्ति जारी गर्दै १२ जनाको ज्यान गएको उल्लेख गरेको छ । शनिबार १० जना संक्रमितको निधन भएको थियो । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेका हुन् । शनिबार नवलपुरका ५ सहित स्याङ्जाका ४ र कास्कीका ३ जनाको ज्यान गएको हो ।
नवलपुरको देवचुली नगरपालिका ११ का ४७ वर्षीय पुरूषको पुरानो मेडिकल कलेज, चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । नवलपुरकै विनयत्रिवेणी गाउँपालिका १ का ६१ वर्षीय पुरूषको पुरानो मेडिकल कलेज, चितवनमा उपचारको क्रममा निधन भएको हो । नवलपुरको गैंडाकोट नगरपालिका ७ की ५० वर्षीया कोरोना संक्रमित महिलाको पनि पुरानो मेडिकल कलेज, चितवनमा उपचारको क्रममा ज्यान गएको हो । गैंडाकोट नगरपालिका १ का ३६ वर्षीय पुरूषको पनि मेडिकल, चितवनमै उपचारको निधन भएको हो । नवलपुरको देवचुली नगरपालिका ६ का ५५ वर्षीय कोरोना संक्रमित पुरूषको पुरानो मेडिकल कलेज, चितवनमा उपचारको क्रममा ज्यान गएको हो ।
यसैगरी स्याङ्जाको फेदीखोला गाउँपालिका २ का ५३ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जाको वालिङ नगरपालिका १२ का ३९ वर्षीय पुरूषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामै उपचारको क्रममा निधन भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाकै १३ नम्बर वडाका ७६ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । स्याङ्जाको गल्याङ नगरपालिका ७ का ६९ वर्षीय पुरूषको मनिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो ।
यस्तै कास्कीको पोखरा महानगरपालिका ३२ की ७३ वर्षीया पुरूषको मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा १२ का ९० वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको हो । कास्कीकै पोखरा महानगरपालिका १५ का ७६ वर्षीय पुरूषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।
यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेका संख्या १ हजार १ सय ९२ पुगेको छ ।
प्रदेशमा आइतबार ३ सय ८० जना संक्रमित थपिएका छन् । प्रदेशमा सबैभन्दा बढी कास्कीमा १ सय ७१ र कम नवलपुरमा ३ जना संक्रमित थपिएका हुन् । मनाङ, मुस्ताङ र गोरखामा शून्य संक्रमित हुँदा तनहुँमा ५ र लमजुङमा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसैगरी स्याङ्जामा ७०, बागलुङमा ४७ पर्वतमा ४६ र म्याग्दीमा ३१ जना संक्रमित भए । प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ३८ पुगेको छ ।
पोखरा आइतबार २ सय ३२ संक्रमणमुक्त भएसँगै प्रदेशमा कोरोना निको हुनेको संख्या ६८ हजार ३ सय ५६ पुगेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग