काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार १०६ परीक्षणमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या सात लाख ३२ हजार २७२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ८६७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या छ लाख ८२ हजार ६८२ जना पुगेको छ ।
नेपालमा हाल ३५ हजार १८ होम आइसोलेशन र चार हजार २८० जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ७५८ आइसियू र १९३ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार २९८ जना रहेको मन्त्रालयले जनाएको छ ।
थप ३३ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १० हजार २९२ पुगेको छ ।
कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ । कूल मृतक सङ्ख्यामध्ये पाँच हजार ५२२ जना सो उमेर समूहका रहेका छन् । सबैभन्दा धेरै ज्यान गुमाउनेको दोस्रो सूचीमा ५० देखि ५९ वर्षका उमेर समूहका छन् । नेपालमा हालसम्म ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार २८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
त्यसैगरी ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार ४७२ र ३० देखि ३९ वर्ष उमेर समूहका ८५० तथा २० देखि २९ वर्ष उमेर समूहका ३१८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएका छन् । १० देखि १९ वर्ष उमेर समूहका ५०, नौ वर्ष मुनिका ४५ र अज्ञात ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
hero news full width
मुख्य समाचार
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
वैशाख ३०, २०८१७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१