पोखरा । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको बताएकी छन् ।
स्वास्थ्य तालिम केन्द्र्र, पोखराको अनुगमन तथा निरीक्षणक्रममा मन्त्री अधिकारीले दक्ष जनशक्ति भएन भने कार्यसम्पादनमा गुणस्तरीयता बिस्तार गर्न समस्या हुने बताइन् । अहिले प्रायः अस्पतालमा दक्ष जनशक्ति अभाव रहेको भन्दै मन्त्री अधिकारीले भौतिक संरचनाको विकाससँगै दक्षता अभिवृद्धिमा ध्यान दिन आग्रह गरिन् ।
कार्यक्रममा निमित्त तालिम निर्देशक रमेश अधिकारीले पछिल्लो कोरोना भाइरस कारण तालिम सञ्चालनमा समस्या भएको बताए । गत आवमा २२ वटा तालिम सञ्चालन गर्न सकिएको उनले जानकारी दिए । अब तालिम प्रदायक निकायले भर्चुअल विधिबाट तालिम दिने संरचनाको विकास गर्न आवश्यक रहेको अधिकारीकोे भनाइ थियो ।
२०३४ सालमा स्थापना भएको प्रदेश स्वास्थ्य तालिम केन्द्र २० रोपनी क्षेत्रफलमा अवस्थित छ । तालिम केन्द्रले हालसम्म स्थानीय तह, प्रदेश तथा संघ अन्तर्गतका तालिम सञ्चालन गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१