धम्पुसमा नेलम्बोको शिविर

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७८
nelambo~

हेमजा  । नेलम्बो नेपालले माछापुप्छ्रे–७, धम्पुसमा मुख तथा दन्तरोगको निशुल्क शिविर गरेको छ ।
स्थानीय उदय मावि र पृथ्वीनारायण माविमा २/२ दिन गरी ४ दिनसम्म सञ्चालित शिविरमा औषधीसमेत वितरण गरिएको थियो ।
शिविरबाट २ सय २२ जना लाभान्वित भएकोमा २४ जनाको औषधी उपचार तथा १ जनाको ट्युमरको सर्जरी गरियो । चेकजाँच गरी औषधी उपचार गर्न बाँकी बिरामीको वर्षायामको समयपछि निशुल्क औषधी उपचार गर्ने नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताए ।
जसअन्तर्गत दाँत भर्ने, निकाल्ने, सफा गर्ने, दाँतको एक्सरे गर्ने, दाँतको आरसिट गर्ने र मुख स्वास्थ्यको अध्ययन अनुसन्धान गरी रोगको पहिचान र निदानका लागि मुख तथा दाँतसम्बन्धी सम्पूर्ण औषधी उपचार गरिने जनाइएको छ ।
माछापुच्छे« ७ का वडाध्यक्ष समबहादुर गुरुङले नेलम्बो नेपालका कार्यक्रम जनमुखी रहेको चर्चा गर्दै जसमार्फत सेवाग्राहीले प्रत्यक्ष लाभ लिनुपर्ने बताए ।
नेलम्बो अध्यक्ष एकदेव देवकाटोेले संस्थाले स्वास्थ्यका कार्यक्रमलाई नियमित अगाडि बढाउँदै यस आवको पहिलो कार्यक्रम धम्पुसबाट सञ्चालन गरेको बताए ।
माछापुप्छ्रे गाउँपालिकाभित्र मुख तथा दन्त रोगको अध्ययन अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट संस्थाले अनुमतिसमेत लिई कार्यक्रम सञ्चालन गरेको पनि स्पष्ट पारे ।
नेलम्बो नेपालका सिनियर डेन्टलसर्जन डा. रोशन केसीले संस्थाले उपलब्ध गराउने औषधी उपचारको पद्दति तथा मुख स्वास्थ्यको असरबाट हुने अन्य हानी नोक्सानीबारे जानकारी गराए ।
उदय माविका प्रअ धनबहादुर क्षत्रीले नेलम्बो हरेक समस्यामा सहकार्यको सारथि भएको औल्याउँदै पुनः मुख स्वास्थ्यलाई आफ्नो विद्यालयबाट सुरुवात गरेकोमा धन्यवाद प्रकट गरे ।
शिविरमा संस्थाका कार्यक्रम संयोजक डा. किसन कोइराला तथा डा.रोशन केसीको नेतृत्वमा, डेन्टल हाइजेनिष्ट्र स्नेहा खड्का, क्लिनिकल सपोर्ट विजय बलम्पाकी मगर, हेल्थ प्रमोसन अफिसर निर्मला देवकोटा, रिसर्च अफिसर समिका बस्नेत, टेक्निकल अफिसर रवि गुरुङ, जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारी, सहयोगी मुक्तबहादुर माल लगायतको टिम खटिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै