वाग्लेको स्मृतिमा अक्षयकोष

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७८
chandramaya smriti koshs

पोखरा । पोखरा भीमकालीपाटनस्थित संस्कृत माविमा अक्षयकोष स्थापना गरिएको छ ।
लायन्स क्लब अफ पोखरा पिस टाउनको संयोजनमा चन्द्रमाया वाग्लेको स्मृतिमा छोराबुहारी अनिल र बिन्दु वाग्लेले २५ हजÞार ५ सय ५१ रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् । त्यस अवसरमा त्यहाँका बटुकलाई सामूहिक भोजन ग्रहण गराइयो ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्टका एसिडेन्ट चिफ एड्भाइजर हरिराज पन्त, क्लबका रिजन चेयरपर्सन अमृत बराल, क्लबका जोन चेयरपर्सन एवं क्लबका निवर्तमान अध्यक्ष सरला तिमिल्सिना, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरीलाल श्रेष्ठ, गुरुकुलका संयोजक बिष्णु अधिकारी लगायतले वाग्लेको स्मृतिमा उनका अमेरिका निवासी छोराबुहारीले गरेको अनुकरणीय कामले समाजलाई सहयोग पुर्‍याएको बताए ।
सो कार्यक्रमको संयोजन क्लब पूर्व अध्यक्ष सविता बरालले गरेकी थिइन् ।
लायन्स पोखरा पिस टाउनका अध्यक्ष शोभा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव क्रान्ति अधिकारी पौडेल, कोषाध्यक्ष हिममाया भण्डारी, सहसचिव केसीमाया, लक्ष्मी शर्मा, मीना थापा, प्रिया थापा, माया तिवारी लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width