कास्कीको अन्नपूर्ण पूर्ण खोप सुनिश्चित

आदर्श समाज सम्वाददाता
असार १२, २०७८
khop

हेमजा । कास्कीको अन्नपूर्ण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । कोरोनाको समयमा समेत पालिका भित्रका सबै बालबालिकामा खोपको मात्रा पुगेपछि बिहीबार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

पालिकामा रहेका १६ देखि २३ महिना भित्रका कुल दुई सय ३७ बालबालिकाले १५ महिना भित्र पाउनुपर्ने सम्पूर्ण खोप पाएपछि उक्त घोषणा गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज कुँवरले आगामी दिनमा पनि खोप लिनबाट बालबालिकालाई वन्चित नगराइने प्रतिबद्घता व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले खोपको महत्वमाथि प्रकाश पार्दै बालबालिकाको स्वास्थ्यमा ख्याल राख्न अभिभावकसमक्ष आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले अन्नपूर्णवासीको एकतामा जोड दिए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलले कोरोना कालमा समेत पूर्ण खोप सुनिश्चित घोषणा गर्न पाउनु सुखद् भएको औंल्याउँदै यो गण्डकीकै पहिलो भएको दाबी पनि गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै