कर्मचारी सेवा विधेयक समझदारी भयो पारित भएन

आदर्श समाज सम्वाददाता
असार ११, २०७८
Pokhara budget

पोखरा । पोखरा महानगरपालिकाको कर्मचारी सेवा विधेयक २०७८ मा सझदारी भएपनि सर्वसम्मत पारित हुन सकेन । महानगरको नवौं नगरसभामा बुधबार छलफलका लागि पेश भएको थियो । बुधबार पनि सचेतकद्वय रामराज लामिछाने र शोभामोहन पौडेलले सुझाव संकलन गरी छलफल गर्ने सहमति गरेका थिए । सोही अनुसार बिहीबार बिहान केही सुझावमा रही छलफल गर्दा समझदारी भएको तर पारित भने नभएको सचेतक रामराज लामिछानेले जानकारी दिए । ‘छलफल नै टुंगिएको छैन, कतिपय केन्द्र र प्रदेशका कानुन पनि होलान्,’ उनले भने, ‘हामीले कर्मचारीलाई भनेर यसो गर्दिम भन्ने तर कानुनले दिएन भने गाह्रो पर्छ नि त ।’ अबको चरणमा कानुन हेरेर समझदारी गरेर कुरा सकिएको हुनाले विधेयक पारित नभएको उनको भनाइ छ ।

अर्का सचेतक शोभामोहन पौडेल भने समयलाई मध्यनजर गर्दै नगरसभाले विधेयक पारित गरेको बताए । पास भए पनि केही कानुनी शब्दहरु मात्र मिलाउन बाँकी रहेको उनको भनाइ छ । त्यसका लागि एउटा समिति बनेको छ । समितिमा आएको सुझावका आधारमा निर्णयार्थ प्रस्तुत गर्ने उनले जानकारी दिए । असार महिनाभरमा राजपत्रमा प्रकाशित गर्ने गरी काम भइरहेको उनले बताए । समितिमा २ सचेतकसहित वडा नम्बर ४ र ५ का अध्यक्षसहित मेयर, कार्यकारी, लेखा र प्रशासन शाखा प्रमुख छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width