पोखरा । कृषि विकास बैंकले जनप्रिय बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री, कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकको गण्डकी प्रदेश कार्यालयले डेल कम्पनीको ब्राण्डेड २ थान कम्प्युटर र इप्सनको प्रोजेक्टरसहित अन्य शैक्षिक सामग्री प्रदान गरेको हो ।
बैंक सञ्चालक समिति सदस्य हरिप्रसाद पराजुलीले सहयोग सानोजस्तो लागे पनि यसको सन्देश ठूलो रहेको बताए । उनले क्याम्पसलाई कर्जा सुविधा दिन तत्पर रहेको जनाउँदै घरआँगनको बैंकमा आर्थिक गतिविधि गर्न आग्रह पनि गरे । उनले श्रमबजारलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा क्याम्पसले दिएको योगदानबाट बैंक वित्तीय क्षेत्रमात्रै होइन, समुदाय नै लाभान्वित भएको बताए ।
बैंकका गण्डकी प्रदेश निर्देशक रघुनाथ अधिकारीले समुदायमा आधारित नाफारहित क्याम्पससँग जोडिन पाउनु बैंकको गौरव भएको उल्लेख गरे । २०४२ सालबाट कम्प्युटर प्रणालीबाट सेवा दिँदै आएको बैंकले शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन शैक्षिक सामग्री र कम्प्युटर उपकरण हस्तान्तरण गरिएको जनाए ।
बैंकका मुख्य शाखा प्रबन्धक माधव रिजालले वित्तीय कारोबार गर्ने बैंकले नाफाको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने अनिवार्य प्रावधान अनुसार सामुदायिक क्याम्पस जनप्रियलाई रोजिएको बताए ।
क्याम्पस प्रमुख विरञ्जी गौतमले बैंकले प्रदान गरेको शैक्षिक सामाग्री व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि सहयोगी हुने बताए ।
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तारा गिरीले शैक्षिक र वित्तीय संस्थाबीच कार्यगत एकता हुनु सकारात्मक हो भने ।
उपप्रशासक एकनारायण अर्यालले कोरोना महामारीका कारण क्याम्पसले अनलाइनमार्फत् भर्चुअल कक्षा सञ्चालन गरिरेहेको अवस्थामा बैंकद्वारा प्रदान गरिएका सामाग्रीले पठनपाठनमा सहयोग पुग्ने बताए ।
कृषि विकास बैंकले स्थापनाको ५४ वर्ष पार गरिसकेको छ । नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयरमा २ लाख ५० हजारभन्दा बढी शेयर सदस्य आवद्ध छन् ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१