पोखरा स्पोर्टस् अवार्ड असार १८ मा, समारोह भर्चुअलमार्फत हुने

आदर्श समाज सम्वाददाता
असार ८, २०७८
logo nsjf gandaki

पोखरा, ८ असार । ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका कारण अवार्ड समारोह स्थगित हुँदै आएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार बसेको २५ औं कार्यसमिति बैठकले अवार्डको पछिल्लो मिति तय गरेको हो । जसअनुसार असार १८ गते अवार्ड समारोह हुनेछ । सो दिन (जुलाई २ ) खेलकुद पत्रकारको लागि विशेष दिन ‘विश्व खेलकुद पत्रकार दिवस’ समेत हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल मार्फत अवार्ड समारोह गर्न स्वीकृत दिएबमोजिम अवार्ड कार्यक्रम तयारी अघि बढाइएको अध्यक्ष एकराज गिरीले जानकारी दिए । यस वर्ष गत वैशाख २० का लागि तयारी गरिएकोमा निषेधाज्ञाका कारण अन्तिम समयमा आएर स्थगित गर्नुपरेको थियो ।

समारोहमा विगतमा झैं यसपालि ७ विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गर्ने महासचिव विजय नेपालले बताए । तीमध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको उत्कृष्ट ३ मनोनयन सूची सार्वजनिक भैसकेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि प्रशासनले गत वैशाख १५ देखि नै चरणबद्ध रुपमा कास्कीसहित विभिन्न जिल्लामा निषेधाज्ञा आदेश जारी राखेको छ ।

यस विषमपूर्ण अवस्थामा कार्यक्रम गर्न सम्पूर्ण निकायबाट आवश्यक सहयोगको अपेक्षासमेत मञ्चले राखेको जनाएको छ । मञ्चको बैठकले कोरोनाका कारण ज्यान गुमाएका पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमित पत्रकारको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । साथै स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षितसाथ सञ्चारकर्ममा लाग्न पनि मञ्चले आग्रह गरेको छ।

Related News

सम्बन्धित समाचार

  • कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन…
  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…

hero news full width