पर्यटन क्षेत्र चलायमान बनाउन खोप सुनिश्चित माग

आदर्श समाज सम्वाददाता
असार ४, २०७८
poikhara-tourism-counciि

पोखरा । पोखराका पर्यटन व्यवसायीले महामारीको सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै पर्यटन क्षेत्र चलायमान बनाउन खोप सुनिश्चितको माग गरेका छन् ।
पर्यटन संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै देशको अर्थतन्त्रमा समेत प्रत्यक्ष लाभ पु¥याउने पर्यटन क्षेत्र चलायमान गराउन स्थानीय, प्रदेश र संघ सरकारलाई ध्यानाकर्षण गराएको हो ।

‘नो भ्याक्सिन, नो मोर पर्यटन’ उल्लेख गर्दै पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसायी कर्मचारी मजदुर लगायत अग्रपंक्तिमा रहेर पर्यटकीय सेवा दिएकालाई सर्वप्रथम खोप सुनिश्चित गरी पर्यटनका लागि अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश दिन आग्रह गरिएको छ ।

अन्तर्राष्ट्रिय मुलकले खोपलाई प्राथमिकतामा राखेर पर्यटकलाई निम्तो दिइसकेको उल्लेख गर्दै ग्रिसमा मास्क फ्री, रसियाले भ्याक्सिन टुरिष्ट, अन्य कोभिड इपिसेन्टर मानिएका मुलुकले पनि खोपको सुनिश्चित गर्दै पर्यटनमार्फत अर्थतन्त्र चलायमान बनाउन सरकारसँग माग गरिएको छ ।

विश्वमा प्रख्यात अन्नपूर्ण पदमार्ग पनि यसै क्षेत्रको रहेको र अधिकांश विदेशी पर्यटक पदयात्राका लागि नेपाल आउन इच्छुक पर्यटकले ट्रेकिङ गाइड र यस क्षेत्रका मजदुररुले खोप लगाएको वा नलगाएको बारेमा पनि विशेष चासो राखिरहेको पनि उल्लेख गरिएको छ । यस क्षेत्रसम्बद्ध होटल रेष्टुरेन्ट, ट्रेकिङ क्षेत्र लगायत मजदुर कर्मचारीले खोप लगाएको भन्ने सुनिश्चित भएमा उनीहरु नेपाल आउने सम्भावना निकै रहेको जनाइएको छ ।

पर्यटन र पर्यटन पुनरुत्थानका कार्यक्रमसँगै यस क्षेत्रका मजदुरलाई विशेष राहत प्याकेज ल्याउन पनि परिषद्ले आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width