पोखरा । गण्डकी प्रदेशमा बुधबार ५ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मंगलबार ३६० जनामा नेगेटिभ देखिएको थियो । पछिल्लो एक हप्तामा ४ हजार १ सय ९३ जनाले कोरोना जितेका छन् । भने सोही अवधिमा २ हजार ९ सय ६३ जना संक्रमित भएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ३४६ पुगेको छ ।
बुधबार प्रदेशमा ४ सय ८ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशमा १ हजार ३८४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा २९.४७ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १०५ सहित म्याग्दीका ५, पर्वतका ४, गोरखाका १६, लमजुङका ५८ र तनहुँका ८७ जनामा कोरोना देखिएको हो । यस्तै बाग्लुङका ५६, स्याङ्जाका ८ र नवलपुरका ६९ जना संक्रमित भएका हुन् । प्रदेशका ९ जिल्लामा २०६ पुरुष तथा २०२ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ४३५ पुगेको छ ।
प्रदेशमा ७ जनाको कोरोनाबाट मृत्यु
गण्डकी प्रदेशका थप ७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८६१ पुगेको छ । कोरोनाबाट ज्यान गुमाउनेहरुमा कास्कीका २ सहित तनहुँका १, मुस्ताङका २ र नवलपुरका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका १७ की ३८ वर्षीया महिलाको फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा १५ का ४४ वर्षीय पुरूषको होम आइसोलेसनमा निधन भएको हो । नवलपुरको विनयत्रिवेणी गाउँपालिका २ का ४१ वर्षीय पुरूषको अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको हो । विनयत्रिवेणी गाउँपालिका ७ का ५५ वर्षीय पुरूषको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
मुस्ताङको वाराङगुङ गाउँपालिका १ की ७७ वर्षीया महिलाको जिल्ला अस्पताल, मुस्ताङमा उपचारको क्रममा मृत्यु भएको हो । मुस्ताङको वाराङगुङ गाउँपालिका १ की ८४ वर्षीया महिलाको जिल्ला अस्पताल, मुस्ताङमै निधन भएको हो । तनहुँको म्याग्दे गाउँपालिका ४ का ४१ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८६१ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१