पोखरा । पोखरा उद्योग वाणिज्य संघले कोभिड १९ विरुद्धको खोप कार्यक्रममा उद्योगी÷व्यवसायीहरुलाई प्राथमिकतामा राख्न माग गरेको छ । संघले जिल्ला प्रशासन कार्यालय कास्की तथा पोखरा महानगरपालिकालाई बुधबार ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।
संघका अध्यक्ष नारायण कोइराला,महासचिव सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्ष बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्रीसहितको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापनपत्रमा विभिन्न प्रकारका सामग्रीहरुको आपूर्ति गर्ने बाध्यतामा रहेका व्यवसायीहरु जोखिमपूर्ण अवस्थामा रहेको स्मरण गराइएको छ ।
‘आपूर्ति व्यवस्थालाई चुस्त राख्नु व्यवसायीको बाध्यता हो’, संंघका अध्यक्ष कोइरालाले भने,‘ त्यसलै व्यवसायीहरुलाई पनि जोखिमपूर्ण नागरिकको सूचिमा राख्दै खोपको प्रबन्ध गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’
पोखरा महानगपालिकाका मेयर मानबहादुर जिसीलाई बुझाइएको ज्ञापनपत्रमा निषेधाज्ञाका कारण व्यापार व्यवसाय बन्द रहेकाले घरभाडा कर तथा व्यवसाय नवीकरण शुल्कमा छुटको माग गरिएको संघका महासचिव सुरेन्द्रमान विजुक्छेले बताए । त्यसैगरी महानगरसँग संघले व्यवसायीलाई कोभिडविरुद्धको खोप दिने प्राथमिकता सूचीमा राख्न पनि आग्रह गरेको छ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
नवलपुरमा २५ सय हेक्टर वन सखाप
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१