स्याङ्जा । भीरकोट नगरपालिका ४ मा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजनाको सकुशल उद्धार भएको छ भने ६ जना घाईते भएका छन् ।
भीरकोटको दर्बुङठाँटीस्थित भित्री कच्ची सडकमा जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बानेथोकबाट बयरघारी बजारकालागि गुडेको ग१ज ४९४० नम्बरको महिन्द्रा जीप दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ३६ वर्षे गणेशजंग अधिकारीको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी, चालक ३० वर्षे मनु भन्ने विकास थापा, ४० का रेशम परियार, ४६ का प्रतिमा परियार, ४८ का रुकबहादुर परियार, २८ का सोनी श्रेष्ठ र २४ का दिनेश परियार घाइते भएका हुन् ।
तीमध्ये रेशम परियार र सोनी श्रेष्ठको भीरकोट नगर अस्पतालमा उपचार भइरहेको छ। अन्य ४ घाइतेलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१