सांसद पहारीबाट स्वास्थ्य सामग्री सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
Rajib Pahari Photo

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाकाका लागि सोमबार सांसद पहारीले आफ्नै खर्चमा स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । पहारीले एमाले अन्नपूर्ण गाउँपालिकाका सचिव विवेक देवकोटा र युवा नेता सुरेन्द्र गुरुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

अन्नपूर्ण गाउँपालिकाका ११ वटै वडामा कोरोना नियन्त्रणमा सहयोग पु¥याउन ५५ सय थान सर्जिकल मास्क, ५ सय थान साबुन, २४ बोत्तल सेनिटाइजर, ११ थान फेससिल्ड र १० थान पिपिइ सेट सहयोग गरेको उनका स्वकीय सचिव साजन सुवेदीले जानकारी दिए ।

सांसद पहारीले कारोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक पार्टी जनप्रतिनिधि, समाजका विभिन्न तह र तप्कामा रहेका व्यक्तिहरु, नागरिक लाग्नु जरुरी भएको बताए ।

उनले कोरोना भाइरस हामी सबैको साझा समस्या भएकाले नियन्त्रणमा सरकारको मात्रै जिम्मेवारी हो भनेर नबस्न र सक्दो सहयोगमा जुट्न आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै