विश्व हिन्दू महासंघको घुम्ती रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
hindu raktadana

पोखरा । विश्व हिन्दू महासंघ नेपाल कास्कीको आयोजनामा मोबाइल एम्बुलेन्स घुम्ती रक्तदान कार्यक्रम भएको छ । लायन्स क्लब अफ पोखरा भिजिटको सहकार्य तथा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ८३ युनिट रगत संकलन भएको हो ।

प्रमुख अतिथि ढिकुरपोखरी–पोखरा सम्पर्क समाजका अध्यक्ष एवं रेडक्रस अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष बावुराम भण्डारीले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

विश्व हिन्दू महासंघ नेपाल कास्की अध्यक्ष पार्वता पौडेलले अविरल वर्षाका बावजुद पनि कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरिन् । कार्यक्रमको संयोजक दीपेश पराजुली थिए । कार्यक्रम सञ्चालन संघका महासचिव कमल पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width