पोखरा । कोरोना महामारीविरुद्ध लड्न नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकी प्रदेशद्वारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड–१९ प्रोटोकलअनुसारको औषधि वितरण गरेको छ ।
उपसमिति संयोजक कृष्ण राउतले गण्डकी प्रदेशमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अति विपन्न नागरिकका लागि उक्त आयुर्वेद औषधि निशुल्क वितरण गरिने जानकारी दिए ।
अभियानमार्फत आइतबार नेपाल पत्रकार महासंघ कास्कीमा आबद्ध संक्रमित १२ जना पत्रकारका लागि उक्त औषधि सचिव माधव बराललाई हस्तान्तरण गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने गुण भएका गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णको मिश्रणबाट तयार गरिएको आयुर्वेद औषधि हस्तान्तरण गरिएको हो ।
आयुर्वेद संघको सहयोगप्रति महासंघ कास्कीका सचिव बरालले धन्यवाद प्रकट गरे । पत्रकारहरुको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै संघले गरेको सहयोगमा उनले प्रशंसा व्यक्त गरेका थिए ।
अभियान अन्तर्गत ११ वटै जिल्लाका संक्रमित भएका पत्रकारहरुलाई उक्त आयुर्वेद औषधि उपलब्ध गराइने जानकारी पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीलाई भेटमार्फत गराइएको संयोजक राउतले बताए ।
अभियानलाई विस्तार र व्यापक बनाउन उपसमितिले गण्डकीका ११ वटै जिल्लामा आयुर्वेद औषधि वितरण गर्ने लक्ष्य लिएको छ । जसका लागि प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय तहमार्फत समन्वय भइरहेको संघका अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए ।
प्रदेशका अति विपन्न नागरिकहरुलाई औषधि वितरणका लागि सम्बन्धित स्थानीय तहको वडाबाट सिफारिस/जानकारी अनुसार स्वयंसेवक टोलीले औषधि संक्रमितकै हातहातमा पु¥याइने अध्यक्ष पौडेलले बताए ।
साथै, संक्रमितहरुको स्वास्थ्य अवस्था र मनोबल मजबुद बनाउनका लागि स्वास्थ्य परामर्श सेवासमेत सञ्चालन गर्ने भएको छ । प्रदेश संघका सचिवसमेत रहेका डा दीपक भुसालको संयोजकत्वमा गठित आयुर्वेद चिकित्सकीय परामर्श सेवा उपसमितिले उक्त सेवा सञ्चालन गर्न लागेको हो ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
नवलपुरमा २५ सय हेक्टर वन सखाप
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१