पोखरा । फेवातालमा गत वैशाख ४ गते काठमाडौंका नुभिव उप्रेतीको हत्या भएका भन्दै सत्यतथ्य छानबिन गर्न माग गरिएको छ । नुभिवकी आमा भीमा (भगवती कुमारी) मैनाली उप्रेतीले विज्ञप्ती जारी गर्दै छानबिनको माग गरेकी हुन् ।
गत वैशाख ४ गते फेवाताल किनारमा भेटिएको शवको जिल्ला प्रहरी कार्यालयले आत्महत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो । छोराले आत्महत्या गरेको खबर कास्की प्रहरीले नुभिवकी आमा भीमा मैनाली उप्रेतीलाई फोन मार्फत जानकारी गराएको थियो । शव पहिचान गर्नका लागि भीमा श्रीमान, जेठाजु र साथीसहित पोखरा आइन् । पोखरा आएलगत्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा रहेको शवको प्रकृति हेर्दा आत्महत्या नभइ, हत्या भएको उनीहरुले ठहर गरे । टाउकोमा चोट, घाँटीमा दाग, तीघ्रामा रगत, गुप्तांगबाट रगत बगेको, अनुहार र कोखामा निलडाम देखेपछि निर्घात कुटपिटबाटै हत्या भएको निष्कर्षमा परिवार पुग्यो ।
सोही अनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीसमक्ष अनुरोध गरे । तर, सुरुमा आत्महत्या भनिएकाले वडा प्रहरी कार्यालय, बैदामले हत्या भएको भनि जाहेरी लिन मानेन । त्यसपछि जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी जीवनकुमार श्रेष्ठसँग कुरा भएपछि जाहेरी दर्ता भयो । प्रहरीले नुभिवबारे अनुसन्धान अघि बढायो । त्यसपछि मात्र शव फेला पर्नु ३ घन्टा अघि लेकसाइडको बीच सडकमै कुटपिट भएको रहस्य खुल्यो । कुटपिटमा संलग्न ३ जनालाई पनि पक्रन सफल भयो प्रहरी ।
अहिले तीन जना नै हिरासतमा छन् । कारबाही प्रक्रिया प्रहरीले अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । झगडा पछि कुटपिट भएको प्रारम्भिक रुपमा खुले पनि के कारणले झगडा भएको हो भन्ने बारेमा नखुलेको उनले बताए । मुद्दा अदालतमा पुगिसकेको समेत उनको भनाइ छ ।
नुभिव उप्रेती काठमाडौंबाट नयाँ वर्ष मनाउने भन्दै वैशाख ३ गते घरपरिवारलाई पनि खबर नगरी पोखरामा आएका थिए । पोखरा आएकै राति भएको झडपमा परी नुभिवको मृत्यु भएको थियो । नुभिवलाई कुटपिट गर्दै हत्या गरेपछि फेवातालमा लगेर फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले कुटपिटमा संलग्न भनेर ३ जना हिरासतमा रहेको भएता पनि आफूहरुलाई प्राप्त थप जानकारी दिनखोज्दा आलटाल गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको ट्रेजर लाउन्ज भित्रको सिसिटिभी फुटेज लुकाइएपछि परिवारजनले दुई दिनको सबै फुटेजहरु सार्वजनिक गर्न माग गरेका छन् । एकातिर घटना भएको नाइट क्लब ट्रेजर लाउन्जको सिसिटिभी फुटेज र फोन नभेटिनुले परिवारको आशंकालाई झनै बढाएको हो । साथै नुभिवले बुक गरेको भनिएको होटल नै उठेपछि घटना झनै रहस्यमय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Related News
सम्बन्धित समाचार
विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
डेढ करोड ठगेर ललित फरार
सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो
किशोरी बिक्री गर्न खोज्ने फन्दामा
रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१