पोखरा । गण्डकी प्रदेशमा कोरोना सोमबार २ सय ३ जनाले कोरोना जितेका छन् । होम आइसोलेसनदेखि आइसियुसम्मका बिरामी निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमणबाट सोमबार गण्डकी प्रदेशमा २४ जनाले ज्यान गुमाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा ८ जनाको ज्यान गएको छ । सोमबार नै स्याङ्जाका ५ जना, पर्वतका ३, तनहुँका २ को कारोनाको कारण मृत्यु भएको हो । यसैगरि म्याग्दी, पर्वत, गोरखा, बाग्लुङ नवलपुर र रुपन्देहीका १/१ जनाको निधन भएको हो ।
कारोना संक्रमणबाट मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका १७ का ६३ वर्षीय पुरूषको रहेका छन् । उनेको आईतबार गते होम आइसोलेसनमा निधन भएको छ । पोखरा महानगरपालिका १७ का ४० वर्षीय पुरूषको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा महानगरपालिका १५ का ६० वर्षीय पुरूषको फिस्टेल अस्पताल, पोखरामा उपचारको निधन भएको हो ।
यसैगरि पोखरा १७ का ७० वर्षीय कोरोना संक्रमित पुरूषको पनि फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा १३ का ३८ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । पोखरा १७ की ४८ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमै मृत्यु भएको हो । पोखरा ९ की ५६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन भएको हो । पोखरा २९ का ७९ वर्षीय पुरूषको ॐ अस्पताल, पोखरामा उपचारको मृत्यु भएको हो ।
यसैगरि रुपन्देहीको तिलोत्तमा ६ का ३८ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो । यस्तै स्याङ्जा पुतलीबजार नगरपालिका ५ का ४६ वर्षीय पुरूषको पोखराको मेडिप्लस अस्पतालमा उपचारको मृत्यु भएको छ । स्याङ्जाकै वालिङ नगरपालिका १० की ५९ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो । स्याङ्जा जिल्लाकी ५० वर्षीय महिलाको ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
यस्तै स्याङ्जाकै भिरकोट नगरपालिका ६ की ५९ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका ३ का ८२ वर्षीय कोरोना पुरूषको गल्याङ नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरि पर्वतका कुश्मा नगरपालिका ३ का ८२ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा ज्यान गएको छ । पर्वतकै कुश्मा नगरपालिका ५ की ६४ वर्षीया महिलाको पर्वत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पर्वतको फलेवास ६ का ४८ वर्षीय पुरूषको पनि पर्वत अस्पतालमै उपचारको क्रममा ज्यान गएको हो ।
यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका २ की ५२ वर्षीया महिलाको फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको छ । तनहुँकै शुक्लागण्डकी नगरपालिका ५ का ५० वर्षीय मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको छ ।
यस्तै नवलपुरको मध्यविन्दु नगरपालिका १० की ८२ वर्षीया महिलाको होम आइसोलेसनमा ज्यान गएको हो । लमजुङका ७१ का ५० वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको मृत्यु भएको हो । म्याग्दीको मंगला गाउँपालिका ५ का ५२ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको ज्यान गएको छ ।
बाग्लुङ नगरपालिका ७ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आर्इृतबार निधन भएको हो । गोरखा नगरपालिका नगरपालिका ८ का ४८ वर्षीय पुरुष गोरखा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यो संगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ७ पुगेको छ ।
प्रदेशमा एकैदिन ८५९ थप संक्रमित
गण्डकी प्रदेशमा सोमबार ८ सय ५९ जना नयाँ संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै भन्दा बढि कास्कीमा ४ सय ८ जना संक्रमित हुँदा कम मनाङमा ५ जना संक्रमित थपिए । सोमबार गोरखा र मुस्ताङमा संक्रमितको संख्या शून्य रहँदा नवलपुरमा १ सय ४२ मा कोरोना पोजेटिभ देखियो । म्याग्दीमा ८४, लमजुङमा ७९, बाग्लुङमा ६२, स्याङ्जामा ३५, तनहुँमा २३ जना संक्रमित भए । यसैगरि पर्वतमा २१ र मनाङमा ५ जनामा संक्रमण भएको हो ।
योसँगै प्रदेशमा कोरोनाको सक्रिय संक्रमितको संख्या ८ हजार ६६५ रहेको छ । नेपालभर कोरोनाका कारण एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । गत शुक्रबार मृतक संख्या २०३, शनिबार १८७ र आइतबार १४५ जना रहेको थियो ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१