म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले कोरोना कहरमा कोरोना संक्रमितको उपचारमा सघाउन एम्बुलेन्स र जारी लकडाउनको कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरेको छ ।
तिब्र गतिमा फैलिएको संक्रमणले निषेधाज्ञा थप हुने अवस्था देखिएपछि जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स, हेल्प डेक्सको स्थापनाका साथै खाद्यान्न लगायतको सहयोगका लागि ‘फुड बैंक’ स्थापना गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।
हरेक दिन संक्रमतिको संख्या उकालो लागेपछि पार्टीले तीनवटै अभियानलाई एकसाथ सञ्चालन गर्न लागेको पार्टी सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले बताए । ‘संक्रमण फैलिएलगत्तै पार्टी अभियानमै छ, ‘थप ब्यवस्थित बनाउने गरी टोली नै परिचालन गरेका छौं,’ सभापति गर्बुजाले भने ।
उनले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले घर बाहिर ननिस्कन समेत अनुरोध गदैं उपचार र खाद्यान्नको समस्या परेमा सम्पर्क गनै समेत अपिल गरे । ‘विपद्को समयमा हामी सधै म्याग्देली जनताको साथमै छाैं, ‘उपचारको अभाव र भोकभोकै बस्न नपरोस् भनेर समुदायस्तरमै पुग्ने गरी अभियानको थालनी गरेका छाैं,’ सभापति गर्बुजाले भने ।
नेपाली कांग्रेसको तरुण दलले स्थानीय तहमा उपचारमा सघाइरहेको अवस्थामा पार्टीले समेत सदरमुकामबाट बाहिर उपचारमा समस्या हुन नदिन थप सवारीसाधनको ब्यवस्थापन गरेको सह–सचिव भरत रकालले बताए । उनका अनुसार पार्टी कार्यालयमा कोरोना हेल्प डेक्सको समेत स्थापना गरी समस्यामा परेकालाई सम्बन्धित निकायमा जानकारी सहित फुड बैंकमा खाद्यन्न सङ्कलन भइरहेको बताए ।
म्याग्दीमा दोस्रोपटक निषेधाज्ञाका थपिएका कारण विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले स्थापना गरिएको ‘फुड बैंक’ लाई प्रभावकारी बनाउन उपसमिति नै गठन गर्ने कांग्रेसले जनाएको छ । सोही अवसरमा गाउँमा समस्यामा परेका कृषकको समस्यालाई समेत सहजीकरण भइरहेको कांग्रेस म्याग्दीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो
‘नालामा जस्तै पानी बग्छ सडकमा’
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१