कोभिडको ७ लाख डोज खोप स्टक, भोलिदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
khop

फाइल तस्बिर

पोखरा ।  हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको ३२ लाख डोज खोप आइसकेको र त्यसमध्ये २५ लाख डोज लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हालसम्म भारत र चीनबाट गरी ३२ लाख ४८ हजार डोज खोप ल्याइएको छ।

सुरुमा भारत सरकारले उपहारस्वरुप १० लाख डोज कोभिसिल्ड दिएको थियो। त्यसपछि भारतसँगै १० लाख डोज कोभिसिल्ड खरिद गरियो। कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज प्राप्त भयो कोभिसिल्ड नै। नेपाली सेनालाई भारतीय सेनाले १ लाख डोज दियो। यसरी भारतबाट मात्रै २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप प्राप्त भएको छ।

चीनबाट भने ८ लाख डोज भेरोसेल खोप प्राप्त भएको छ। योसमेत गरी ३२ लाख ४८ डोज खोप नेपालले प्राप्त गरेको छ। यसमध्ये २५ लाख डोज लगाइसकिएको छ भने करिब ७ लाख डोज स्टक छ। भेरोसेलको दोस्रो डोज भोलि आइतबारदेखि लगाइँदैछ।

भारतसँग २० लाख डोज खोप खरिद गरिएकोमा १० लाखमात्रै आएको छ। बाँकी १० लाख डोजका लागि पनि भारतसँग छलफल भइरहेको र छिट्टै आउने डा. अधिकारीले दाबी गरे।

रसियन खोप स्पुतनिक–भी ल्याउने चर्चा पनि छ। त्यसका लागि सम्बन्धित पक्षसँग कुरा भइरहेको अधिकारीेले जनाए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै