प्रधानमन्त्रीले गुमाए विश्वासकाे मत, अब के हाेला ?

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
oli

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन् । आज डाकिएको विशेष अधिवेशनको बैठकमा मतदान हुँदा उनले ९३ मत पाए । उनको विपक्षमा १२४ मत परेको छ । १५ जना सांसद तटस्थ बसेका छन् । बैठकमा २३२ सांसद उपस्थित थिए ।

संसदमा विश्वासको मत गुमाएपछि उनका पद स्वत गएको छ ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रीपरिषद बैठक डाकेका छन् । बैठकले के निर्णय गर्ला भनेर धेरैथरी आँकलन गरिएको छ ।

यसअघि सदनमा उठेका विषयमा जवाफ दिँदै उनले आफूलाई विश्वासको मत नदिए संसद् विघटन गर्ने चेतावनी दिएका थिए ।

विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा दलका प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विश्वासको मत नपाए संसद् विघटन गर्ने संकेत गरेका हुन्।

उनले भने, ‘डेढ वर्षमा त चुनाव हुन्छ। त्यति बेला संसद्को हत्या गरेको होरु संविधान बनाउँदाको मर्म सम्झनुभयोरु ठिक छ, पाँच वर्ष चलाऔं न त। त्यसकै लागि मैले विश्वासको मत मागेको छु। किन राजीनामा नदिएको भन्दा पाँचै वर्ष चलाउन। कुरो स्पष्ट छ, पटक पटक अस्थिरता ननिम्त्यिाऔं। मत दिनुभयो भने संसद् विघटन हुँदैन। आफैं मत नदिएर विघटनतिर धकेल्ने अरुलाई दोष लाउनेरु भिरबाट हामफाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिनेरु भाषा एउटा काम अर्को, व्यवहार एउटा कुरा अर्को नगरौं। संसद् बचाऔं भोट दिऔं।

अर्काे बैठक वैशाख ३० गते बस्ने भएकाे छ ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width