जनमोर्चा अझै अनिर्णीत, पर्खाइमा कांग्रेस

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
janamorcha

पाेखरा । सरकारकाे निर्णायक राष्ट्रिय जनमाेर्चाकाे आज बस्ने भनिएकाे संसदीय दलकाे बैठक अझै बस्न सकेकाे छैन ।

पार्टीकाे आन्तरिक किचलाेका कारण बैठक बस्न नसकेकाे हाे । कांग्रेस माओवादी लगायत दलकाे गठबन्धनलाई सघाउने केन्द्रीय निर्णय सहितकाे निर्देशन र प्रदेश सांसदकाे फरक मतका कारण जनमाेर्चा अनिर्णित बनेकाे छ ।

दलका नेता कृष्ण थापाले समय नमिलेका कारण बैठक बस्न नसकेकाे बताए । `आज बस्ने भनेकाे हाे । समय मिलिरहेकाे छैन,´ उनले भने, `भाेलि बस्ने हाेला अब । १ बजेसम्म टुंगाे दिन्छाैं ।´

३ सदस्यीय जनमाेर्चा दुईतिर बिभाजित छ । दलका नेता थापा र अर्का सांसद खीमबिक्रम शाही नयाँ गठबन्धनलाई सघाउन नसक्ने बताउँछन् भने सचेतक पियारी थापा एमालेलाई सहयाेग गर्न नसकिने लाईनमा छिन् ।

जनमाेर्चाले निरेणय नगर्दासम्म संविधानकाे धारा १६८ (२) अनुसार सरकार बन्न सक्दैन । याे उपधारामा दुई वा दुई पार्टीकाे गठजाेडमा सरकार बनाउन प्रदेश प्रमुखले आह्वान गरेकी छिन् । याे उपधारा अनुसार सरकार गठन हुन नसके ठूलाे दलकाे हैसियतले एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री नियुक्त हुनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग