पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले कोभिड संक्रमणका बेला आफ्ना सदस्यहरुसँग सम्पर्क र समन्वय गर्न लागि ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ ।
महासंघको आइतबार भएको दोस्रो बैठकले अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा ७ सदस्यीय ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको हो । टिममा अध्यक्ष भण्डारीसहित उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, जमुना शर्मा वर्षा, सचिव माधव बराल, सहसचिव श्रीराम सिग्देल, रेम विक र कोषाध्यक्ष कृष्ण दवाडी छन् । साथै टिममा सम्बन्धित क्षेत्रका विज्ञ व्यक्तित्व रहनेछन् । यो टिमले कास्कीमा क्रियाशील पत्रकारलाई आपतकालीन समस्या आइपरेमा तत्कालै आवश्यक समन्वय गर्नेछ । सञ्चारकर्मीमा कोरोना संक्रमण भएमा वा कोरोनाकै कारण केही समस्या परेमा ‘क्विक रेस्पोन्स टिम’ लाई जानकारी गराउन आग्रह गरिएको छ । कार्यसमिति सदस्यले आफू रहेको वडास्थित अन्य पत्रकारहरुसँग समन्वय र सम्पर्क गर्ने निर्णय पनि महासंघको बैठकले गरेको छ । समस्या समाधानका लागि ‘क्विक रेस्पोन्स टिम’ ले समन्वयन गर्नेछ ।
टिमले कोरोना संक्रमणका कारण पत्रकारहरुमा आइपरेका समस्यालाई तत्काल पहलकदमी लिने र समाधानका लागि पहल गर्नेछ
यसैगरी बैठकले महासंघको ७ सदस्यीय सचिवालय समितिसमेत गठन गरेको छ । सचिवालय सदस्यमा महासंघका अध्यक्ष विमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, जमुना शर्मा वर्षा, सचिव माधव बराल, सहसचिव श्रीराम सिग्देल, रेम विक र कोषाध्यक्ष कृष्ण दवाडी छन् ।
बैठकले महासंघको सदस्यता परिचयपत्र लिन छुटेकालाई महासंघमा सम्पर्क गर्न आग्रह गर्दै स्वास्थ्य सामग्री वितरणलाई निरन्तरता दिने निर्णय गरेको छ । कोरोना महामारीको समयमा पत्रकारलाई सतर्क रहेर काम गर्न पनि महासंघले आग्रह गरेको छ ।
यता, पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आइतबार भएको बैठकले महासचिव गोविन्द सुवेदीको संयोजकत्वमा कोषाध्यक्ष राजेन्द्र न्यौपाने तथा सदस्यहरु रञ्जित शर्मा,प्रकाश डोटेल र रमेश वस्ताकोटी रहेको क्विक रेस्पोन्स टिम तयार पारेको छ । उक्त टिमले कोरोना संक्रमणका कारण पत्रकारहरुमा आइपरेका समस्यालाई तत्काल पहलकदमी लिने र समाधानका लागि पहल गर्नेछ ।
गण्डकीमा हाल १० जना पत्रकार सक्रिय संक्रमित छन् । बैठकले प्रदेश र देशभरसमेत संक्रमित पत्रकार तथा सञ्चारकर्मीहरुका साथै सम्पूर्ण संक्रमितहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बैठकले कार्यक्षेत्रको फिल्डमा खटिएका सबै पत्रकार सञ्चारकर्मीको पिसिआर परीक्षणको व्यवस्था गर्न, खोपको व्यवस्था मिलाउन र कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निशुल्क उपचारको प्रबन्ध मिलाउन केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सरकार मातहतका स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।
अहिलेको यस विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा तथा पेसागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न र आइसोलेसन सेन्टरको व्यवस्थासहित जोखिम न्यूनीकरणका लागि सक्रिय सहभागिता जनाउन प्रदेश अन्तर्गतका सबै जिल्ला शाखाहरुलाई प्रदेश समितिले अनुरोध पनि गरेको छ ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१