दमौली । कोरोना भाइरस संक्रमणको दोस्रो लहरले संक्रमितको संख्या जिल्लामा ह्वात्तै बढ्दा समेत आवश्यक पूर्व तयारीमा बेवास्ता गरिएको छ । आवश्यकता अनुसार स्थानीय सरकारले निर्माण गर्ने भनिएको आइसोलेसन वार्ड तयार छैन । जसले गर्दा सक्रिय संक्रिमत होम आइसोलेसन बसिरहेका छन् ।
सामान्य लक्षण देखिएको हकमा होम आइसोलेसन पर्याप्त भए पनि बिरामीको अक्सिजन लेबल घट्न थाल्यो भने कोभिड वार्डमा भर्ना गरेर उपचार थाल्नुपर्छ । तर, अझै पालिकास्तरमा आवश्यकता अनुसारको अक्सिजनसहितको उपचार कक्ष तयार छैन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिले जिल्लाभर ८७ आइसोलेसन बेड छन् । कोरोनाको पहिलो लहरमा तनहँुमा १ सय ५८ शड्ढयाको आइसोलेसन तयार गरिएको थियो । कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहर भयावह हँुदा पनि स्थानीय तहको तयारी पहिलेको भन्दा कम छ ।
कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहर भयावह हुँदा पनि स्थानीय तहको तयारी पहिलेको भन्दा कम छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंखरबाबु अधिकारी भन्छन्, ‘पहिलाको कोरोना संक्रमितको लागि आइसोलेसन बेड भए पुग्थो तर अहिलेको अवस्थामा अक्सिजन सहितको आइसोलेसन बेड आवश्यकता पर्दछ ।’ अहिले प्रत्येक पालिकामा कम्तीमा ५ बेडको आइसोलेसन बेड तयार छन् ।
बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ३० बेडको आइसोलेसन तयार भएको छ । जहाँ पहिला ५० शड्ढयाको आइसोलेसन बेड तयार गरिएको थियो । अहिले हरेक बेडमा पाइपलाइनमार्फत अक्सिजन पु¥याइएको भए पनि भेन्टिलेटर नभएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म गम्भीर प्रकृतिका संक्रमित भेटिएको छैन । अहिलेको अवस्थामा आइसोलेसनमा अक्सिजन समस्या छैन ।’ दमौली अस्पतालमा १६ जना संक्रमित राख्न सकिन्छ । यसअघि उक्त अस्पतालको मातहतमा ७० शैयाको आइसोलेसन बेड तयार गरिएको थियो । दमौली अस्पतालमा कोरोना संक्रमित बिरामी लक्षित गरी ४ भेन्टिलेटर सहितको ७ बेडको आइसियु कक्ष तयार गरिएको अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २ करोड रुपैयाँ आर्थिक सहयोगबाट अस्पतालमा आइसियु र भेन्टिलेटर व्यवस्थापन गरिए पनि आवश्यक दक्ष जनशक्ति र अक्सिजनको सहज उपलब्धतामा समस्या देखिएको छ । यस्तै, दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।
गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि चालु आवमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसका लागि टेन्डर प्रक्रिया पूरा भई सम्झौता समेत भइसकेको हुँदा जेठभित्र अक्सिजन प्लान्ट निर्माण पूरा भई प्रयोगमा ल्याउने तयारी छ । बन्दीपुरमा २० बेडको आइसोलेसन बेड तयार छ । यसअघि पालिकाले १५ शैयाको बेड तयार गरेको थियो । गाउँपालिकाले १० सिलिन्डर अक्सिजन र एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।
आबुँखैरेनीमा १२ बेडको आइसोलेसन, २ सिलिन्डरमात्रै अक्सिजन ३ एम्बुलेन्स तयारी अवस्थामा छन् । यसअघि १२ शड्ढयाको बेड तयारीमा थिए । भानुमा ८ सिलिन्डर अक्सिजन सहित ५ बेडको आइसोलेसन छ । देवघाटमा ५ बेडको आइसोलेसन सहित ८ सिलिन्डर अक्सिजन र भिमादमा १० अक्सिजन सिलिन्डर सहित ५ बेडको आइसोलेसन वेड छन् । म्याग्देमा ५ बेडको आइसोलेसन सहित २ अक्सिजन सिलिन्डर, रिसिङमा ५ बेडको आइसोलेसन सहित ३ सिलिन्डर अक्सिजन, घिरिङमा ५ बेडको आइसोलेसन सहित १ सिलिन्डर अक्सिजन, शुक्लागण्डकीमा ३० बेडको आइसोलेसन सहित ५ अक्सिजन सिलिन्डर छन् । व्यास नगरपालिकाले दमौली अस्पतालकै आइसोलेसन बेड प्रयोग गर्ने जनाएको छ । व्यासमा ३ अक्सिजन सिलिन्डर छन् ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१