पोखरा । गण्डकीमा माओवादी पृष्ठभूमिका प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर एमालेकी नेतृलाई नयाँ प्रदेश प्रमुखको रुपमा खटाइएको छ । नयाँ प्रदेश प्रमुख सीता पौडेलले बुधबार बिहानै पदभार सम्हालेकी छन् ।
उनले पोखरा टेक्ने बित्तिकै सभामुखलाई राजनीतिक धम्की दिएकी छिन् । सामान्य तयः प्रदेश प्रमुख स्वतन्त्र व्यक्ति हुन्छ । अर्थात् राजनीतिक भाषण कम गर्नुपर्छ । त्यसमा पनि सन्तुलन आवश्यक छ । तर पौडेलले बुधबार सभामुख नेत्रनाथ अधिकारीलाई धम्कीपूर्ण शब्द प्रयोग गर्दै सत्तारुढ दलले मागेको सभामुखको राजीनामामा उनले सहमति जनाइन् ।
‘संसद अवरुद्ध सत्तापक्षले गराएको होइन । प्रतिपक्षीले ग¥यो । सत्तापक्ष त निरन्तर गरौं भनेकै छ । सभामुले अनिश्चितकालका लागि सूचना जारी गरेर लथालिङ बनाउने काम गर्नुभयो,’ पौडेल भन्छिन्, ‘मतदानमा जाने प्रक्रिया सुरु भैसकेको छ । एकाएक बन्द गर्नुपर्ने अवस्था किन आयो ? त्यहाँबाट समाधान खोज्नुपर्छ । त्यसमा मेरो पहल हुन्छ ।’ उनले कानुनी आधारमा अविश्वास प्रस्ताव नै निष्कृय भइसकेको प्रतिक्रिया दिएकी छिन् ।
‘प्रस्तावमाथि छलफल सुरु भइसकेको, कार्यसूचीमा चढिसकेको, मतदानमा गइसकेको छ । एकाएक बन्द हुँदा सरकारलाई दोष दिने ठाउँ छैन,’ उनले भनिन्, ‘पूरै जिम्मेवारी सभामुखले लिनुपर्छ । कसरी निकास दिने हो, वहाँले दिनुपर्छ ।’ सभामुखको राजीनामा माग्ने घडी आईसकेको उनको भनाई छ ।
‘सभामखु ज्यूको राजीनामा माग्ने घडी आईसक्यो । कम्तीमा पनि मिलाउनुप¥यो । सल्लाह गरेको भए, यो जटिलता आउने थिएन नि,’ पौडेलले थपिन्, ‘धेरै कुरा, सभामुखमा समस्या देखियो । अब सहजीकरण गरेर फुकाउनुपर्छ ।’ सुरुमा उनले आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्ने बताएपनि त्यसपछि सभामुखमाथि खनिएकी हुन् ।
पौडेलले सुरुमा भनेकि थिइन्, ‘आगामी कार्यकाल आफ्नो कर्तव्य र अधिकार क्षेत्रहरुको परिधिभित्र बसेर प्रदेशको समन्वय, सहजीकरण मुख्य जिम्मेवारी हुन्छ । प्रदेशले बनाएका विधेयक प्रमाणीकरण गर्ने तथा संसदको बैठक बोलाउने, बजेट र नीति कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी छ ।’ उनले भने झैं बजेट प्रस्तुत गर्ने काम प्रदेश प्रमुखको होइन । उनले सबै दललाई मिलाएर लैजान र अवरुद्ध संसदलाई निकास दिन पहल गर्ने बताइन् ।
उनको यो अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य दलहरुले समेत आपत्ति जनाएका छन् ।
Related News
सम्बन्धित समाचार
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१