सरकार फेरि अध्यादेशतिर, राष्ट्रपतिले जारी गरिन् ७ अध्यादेश

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
Bidhya-Devi-Bhandari-Uml_3JMho1jb2H-1

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न सातवटा अध्यादेश जारी गरेकी छन्। उनले मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेशहरू जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

आज जारी गरिएका अध्यादेशहरुमा यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश(२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन)  अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ छन्।

यी अध्यादेश पहिला पनि जारी भएका थिए । तर पुनर्स्थापित संसदमा टेबुल नै हुन नपाएपछि सरकारले फेरि अध्यादेशकै सहारा लिएकाे हाे ।

Related News

सम्बन्धित समाचार

hero news full width