पोखरा । अविश्वास प्रस्ताव दर्ता हुनु अगावै हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेका प्रदेश प्रमुख हटाउँदा लोकतन्त्र धरापमा पर्ने बताएका थिए । एमाले र माओवादी आफ्नै कित्तामा पुगेपछि प्रदेश प्रमुखबाट अमिक शेरचनलाई हटाइने धेरैको आँकलन थियो ।
आदर्श समाजको त्यही प्रश्नको जवाफमा मुख्यमन्त्री गुरुङले शेरचन लोकतन्त्रका लागि योगदान गरेको व्यक्ति भएकोले हटाउँदा दुखद घटना हुने बताएका थिए । ‘प्रदेश प्रमुख कसले हटाउने ? अहिले पार्टीले हटाउँदैन । मैले अघिल्लो पटक पनि अन्त जे सुकैहोस्, यता नहटाइदिनु भनेको हो । वहाँको भूमिका सन्तुलित थियो,’ उनले भनेका थिए, ‘अहिलेको प्रदेश प्रमुख सम्मानित हुनुहुन्छ । सरल र उदारवादी हुनुहुन्छ । उहाँलाई हटाएर लोकतन्त्र बलियो हुन्छ भने हटाउनु, तर उहाँलाई हटाएर लोकतन्त्र बलियो हुँदैन । संघीयता बलियो होला भन्ने लाग्दैन ।’
गुरुङको नजरमा शेरचन सच्चा देशभक्त हुन् । ‘कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान गर्नुभएको छ । वहाँ जत्तिको सच्चा देशभक्त कमै मात्रै पाइन्छ । हटायो भने दुखद घटना हुन्छ,’ गुरुङले १७ दिन अघि आफ्नै कार्यालयमा भनेका थिए ।
तत्कालीन समयमा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिस तुरुन्तै प्रदेशसभामा ‘फरबार्ड’ गरिदिए । अविश्वास प्रस्ताव तयारीमा रहेका विपक्षी समेत शेरचनको चलाखीप्रति जिल्लिए । उनै प्रदेश प्रमुखले विपक्षीको माग आधारमा विशेष अधिवेशन बोलाए । विशेष अधिवेशन बोलाउँदा सरकारसँग सल्लाह नगरेको स्रोत बताउँछ । मुख्यमन्त्री त्यसपछि भने शेरचनसँग रुष्ट थिए । उनले भनेका पनि थिए, ‘प्रदेश प्रमुखले सल्लाह नै नगरी अधिवेशन बोलाउनु भयो । मैले छलफलको पर्याप्त समय पाइनँ ।’
सत्तारुढ एमालेले आफूलाई सहज बनाउनकै लागि माओवादी पृष्ठभूमिका शेरचनलाई हटाएर सोमबार एमालेकी नेतृ सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ
गुरुङले त्यही बेला असजिलो महसुस गरिसकेका थिए । उनी शुक्रबार पार्टीको आन्तरिक काम देखाएर काठमाडौं गए । शनिवार फर्किए पनि कुनै प्रतिक्रिया बाहिर आएको थिएन । गुरुङ फर्केको पर्सिपल्टै प्रदेश प्रमुख फ्याँकिए ।
यसपाला देशका हरेकजसो प्रदेशले आफ्नै विशेषता अनुसार राजनीतिक पाठ सिकाए । कर्णालीमा एमाले सांसदको फ्लोर क्रसले माओवादीको सत्ता जोगियो । गण्डकीमा सत्ता जोगाउन एमालेले जनमोर्चालाई चलायो । लुम्बिनीमा एमालेकै सांसदले साथ छोड्दा मुख्यमन्त्रीले एकल बहुमत गुमाए । बाहिर बहुमत विपक्षीको नाराबाजीकै बीच नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिए । त्यसमा प्रदेश प्रमुख धर्मनाथ यादवको सहयोग बढी रह्यो । उनले मुख्यमन्त्रीको निवासमै गएर सपथ गराइदिएका थिए । यादव एमालेका नेता थिए ।
त्यस्तै ‘कम्फरटेबल’ अवस्था गण्डकी सरकारले खोजेको छ । गण्डकी प्रदेश सभामा अहिले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबिरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ । गुरुङ जसरी पनि आफूलाई सत्तामा टिकाइराख्न चाहन्छन् भने विपक्षी दलहरु गुरुङलाई हटाएर नयाँ सरकार बनाउने तरखरमा छन् । सत्तारुढ एमालेले आफूलाई सहज बनाउनकै लागि माओवादी पृष्ठभूमिका शेरचनलाई हटाएर सोमबार एमालेकी नेतृ सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ । मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । २०७६ कात्तिक १८ गते तत्कालीन प्रदेश प्रमुख बाबुराम कुँवरलाई हटाएपछि शेरचन नियुक्त भएका थिए । डेढ वर्ष व्यतित गरेका शेरचन माओवादी र एमालेको पुनर्वहालीको मारमा थिचिए । पार्टी ब्युँतिदा उनको पद भने गयो ।
विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुखले संविधानअनुसार काम गरेकाले सरकारले मन नपराएको बताए । ‘सरकारले आफू अनुकूलको मान्छे खोज्यो । प्रदेश प्रमुखले संविधान अनुकूल काम गर्नु भो,’ उनले भने, ‘सरकारको स्वार्थ नमिलेपछि हटाइदियो । संघीयताको संस्थागतका कुरा गर्नेले यस्तो व्यवहार देखाउन सक्दैन । सरकार संविधान मास्न लागिपर्यो ।’
यसैबीच, सरकारले सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पनि पदमुक्त गरेको छ । गण्डकीका शेरचन र सुदूरपश्चिमकी त्रिपाठी दुवै जना माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका हुन् । ओली सरकारले माओवादी केन्द्रमै आबद्ध रहेका प्रदेश २ का प्रदेश प्रमुख तीलक परियारलाई पनि पदमुक्त गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१