पोखरा । कोरोनाको महामारी बढेपछि कास्की, स्याङजा र बागलुङमा स्थानीय प्रशासनले मंगलबारदेखि लकडाउन घोषणा गरेका छन् । सूचनामा निषेधाज्ञा भनिए पनि प्रकृति भने पोहोरकै लकडाउनको जस्तै छ । लकडाउन वैशाख महिनाभर लागु हुनेछ ।
कास्की प्रशासनले वैशाख २१ देखि लकडाउन घोषणा गरेको छ । गत १५ वैशाखदेखि लगाइएको निषेधाज्ञा कडाइ गरेर वैशाख मसान्तसम्म लम्ब्याएको हो ।
पछिल्लो समयमा तीव्र रुपमा फैलिरहेको संक्रमण रोक्न कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा कडा गर्ने निर्णय गरेको हो । आइतबार बसेको केन्द्रको बैठकले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न आदेश जारी गरेको छ । भेला, सभा जुलुस, जात्रा तथा महोत्सव गर्न निषेध गरेको छ ।
एम्बुलेन्समा बिरामी तथा कुरुवा गरी बढीमा २ जना चढ्न पाउनेछन् । दमकल, शववाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, खाद्यान्न तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु भने चल्नेछन् ।
लकडाउन घोषणा भएका जिल्लाभित्र यात्रुवाहक सार्वजनिक तथा निजी सवारी चलाउन नपाइने
चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्युटी जाने आउने क्रममा प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी साधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हने सरकारी सवारी साधनहरु पनि चल्नेछन् ।
लकडाउन घोषणा भएका जिल्लाभित्र यात्रुवाहक सार्वजनिक तथा निजी सवारी चलाउन पाइनेछैन । धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना गर्न पाउनेछ । सबै प्रकारका शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट साथै साँझ, खेलकुद क्षेत्र सञ्चालन गर्न पाइनेछैन । विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रममा स्वास्थ्य मापदण्ड अपनाउँदै १५ जना कम व्यक्ति सहभागी हुन पाउने छन् ।
औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घन्टा खुला रहने, दैनिक उपभोग्य खाद्यान्न पसलहरु बिहान ५ बजे देखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । ढुंगा, गिट्टी, बालुवा, रड, सिमेन्टलगायत निर्माण सामग्री बोक्ने सवारी साधन दिनको १ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सञ्चारकर्मीको हकमा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास, नेपाल पत्रकार महासंघबाट जारी प्रेस पास तथा सञ्चार गृहबाट जारी पासको आधारमा आवतजावत गर्न पाउनेछन् । बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र सञ्चालन गर्न भनिएको छ । विदेश जाने यात्रुहरु भिसासहितको पासपोर्ट र हवाई टिकटको प्रतिलिपि लिएर १ जना आफन्तसहित यात्रा गर्न सक्नेछन् ।
आदेश अवज्ञा गरेमा स्थानीय प्रशासन ऐन,२०२८, संक्रामक रोग ऐन, २०२० एवं अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
Related News
सम्बन्धित समाचार
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
hero news full width
मुख्य समाचार
काटिएका रुखका मुढा जफत
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१