यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
काठमाडौं । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरिएको हो ।
बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाईएपछि उक्त सप्लायर्सलाई कारबाहीस्वरुप रु दुई लाख जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा रु ४.४६ पैसामा खरीद गरेको मास्कलाई रु ८.३८ पैसामा बिक्री गरेको पाइएको थियो ।
उक्त सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ (२) को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरी दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ (१) को ‘ख’ बमोजिम जरिवाना गरिएको हो । पछिल्लो समय विभागले काठमाडौँ उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको समयमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।
गत बिहीबार विभागले भक्तपुरस्थित मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर कम्पनीलाई रु ५० हजार जरिवाना गरेको थियो । उक्त कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको गुनासोका आधारमा उद्योगमा स्थलगत रुपमा अनुगमन गरी विभागले कारबाही गरेको थियो । रासस
–––
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
असाेज ११, २०८०पोखरेली ब्यान्ड पुनर्जागित हुँदै
असाेज ११, २०८०गुप्तेश्वर गुफामा पर्यटकको स्वागत
असाेज ११, २०८०पर्यटन दिवसमा पोखराभरि कार्यक्रम
असाेज ११, २०८०डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०गोल्डेन सहकारीमा कृष्णप्रसाद पोख्रेल
असाेज ६, २०८०काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य
असाेज ७, २०८०राधाकृष्ण वृद्धाश्रममा प्रेम दोहोरिए
असाेज ८, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०