पोखरा । गण्डकीका प्रदेश सभा सदस्य खीमविक्रम शाहीको दोस्रो पटको स्वाब परीक्षण गरेको लाइफ केयर डाइग्नोस्टिक सेन्टरका सञ्चालक डा. अमर नागिलाले स्वाबको रिपोर्टप्रति सामाजिक सञ्जाल र मिडियामा आएका क्रिया प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार बिज्ञप्ति निकालेर उनले निज शाहीको स्वाबको नमुना अहिले पनि ल्याबमा सुरक्षित रहेको भन्दै आवश्यक परेमा छानबिनका लागि सम्बन्धित पक्षलाई सघाउन तयार रहेको बताएका छन् ।
आफूहरु पेसागत मर्यादामा प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरका छन् ।
साथै राजनीतिक जोडघटाउसँग आफूहरुको कुनै आाइनो साइनो नरहेको भन्दै उनले गरिएका आशंका तथा अनर्गल प्रचारको भ्रममा नगर्न पनि आग्रह गरेका छन् ।
शाहीले वैशाख १४ गते दिउँसो प्रदेश सभा सचिवालयमा स्वाब दिएका थिए । तर उति नै बेला दिएको भन्दै भोलिपल्ट लाइफकेयरको रिपोर्ट आएको थियो । १५ गते बिहान सरकारी ल्याबको नतिजामा नेगेटिभ आएको उनको रिपोर्ट केहीबेरपछि पनि पोजेटिभ आएको भन्दै सार्वजनिक भएको थियो ।
१५ गते नै फेरि चरक अस्पतालबाट उनको स्वाब सरकारी ल्याबमा पठाइएका थियो । त्यसमा भने रिपोर्ट पोजेटिभ आएको थियो ।
लाइफ केयरमा गरेको परीक्षणमा सिटी भ्यालु १६ थियो । तर उनै शाहीको बेलुका सरकारी प्रयोगशालामा गरिएको परीक्षणमा भने सिटी भ्यालु ३० देखाइएको छ ।
स्वास्थ्य क्षेत्रका जानकारका अनुसार एकै दिनमा सिटी भ्यालु बढेर ३० पुग्न सम्भव नै छैन । त्यस कारण उनको रिपोर्टमाथि शंका गरिएको छ । प्रदेश प्रयोगशालाका कर्मचारीले स्वाब नै अर्को व्यक्तिको ल्याएर दिन हुनसक्ने बताएका छन् । ती कर्मचारीले भने, ‘हामीलाई नाम थाहा हुँदैन, संकेत नम्बरका आधारमा स्याम्पल घानमा हाल्ने हो, को कस्तो व्यक्ति भन्ने थाहा हुने कुरै भएन ।’
अर्को अचम्मको कुरा त के छ भने प्रदेश प्रयोगशालाका कर्मचारीले मंगलबार प्रदेश सभा सचिवालयमा लिएको स्वाब बुधबार बेलुका र बिहीबार बिहान पनि परीक्षणमा हालेका थिए । त्यसमा उनको रिपोर्ट नेगेटिभ नै आएको छ ।
यी सबै घटनाक्रममले सत्ता जोगाउनकै लागि शाहीलाई प्रयोग गरिएको र प्रयोगशालादेखि चरक अस्पतालसम्म सेटिङ मिलाइएको पुष्टि भएको बताउँछन् गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
hero news full width
मुख्य समाचार
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
फागुन १, २०८१