पर्यटक तान्न अन्नपूर्णमा भ्यु टावर

श्रीभद्र पौडेल
वैशाख १७, २०७८
view tower annapurna

हेमजा । अन्नपूर्ण १ देउराली टोलकी माया कुँवरलाई करिब ७ वर्ष अगाडि सराङकोट भ्यु टावरबाट पोखराको दृश्य नियालेको अस्ति भर्खरझैं लाग्छ । त्यतिबेल सो टावरबाट देखेको पोखरा, महसुस गरेको चिसो हावा, फेवाताल र विश्व शान्ति स्तुपको लोभलाग्दो दृश्य उनलाई अहिले पनि झलझली याद आइरहन्छ ।

उनलाई आफ्नै घरछेउका डाँडामा पनि कहीँ कतै यस्तै टावर बनाउन पाए हुन्थ्यो भन्ने लागेको थियो । उनको कल्पनाझैं गाउँपालिकाले उनको घरनजिकै पश्चिमतर्फ टावर निर्माण सुरु भयो । त्यसपछि उनको खुसीको सीमा नै रहेन ।

उनै कुँवर अहिले सो भ्यु टावरको नियमित रेखदेखमा पुग्छिन् । दिनहुँजसो टावर माथि नै चढेर विभिन्न ठाउँको अवलोकन पनि गर्छिन् । टावर निर्माणसँगै अन्य स्थानीयमा पनि खुसी छाएको र गाउँघरमा थप सेवा सुविधा पु¥याउन सहयोग पुग्ने आशा पलाएको कुँवर बताउँछिन् ।

स्थानीय सीता सुवेदी पनि घर नजिकै टावर बनेको र त्यहाँबाट रमणीय स्थल हेर्न पाइने भएपछि औधी खुसी छिन् । कुँवर र सुवेदी त प्रतिनिधि पात्रमात्रै हुन् । उनीहरुजस्तै नागडाँडा र सिम्पालीका सयौं स्थानीय नागडाँडामा भ्यु टावर निर्माण गरिएसँगै खुसी देखिन्छन् । नागडाँडा बहुद्देश्यीय एकीकृत पर्यटन प्रवद्र्घन परियोजनाअन्तर्गत यतिबेला टावर निर्माण अन्तिम चरणमा छ । जसमा तीनवटै सरकारको सहयोग छ ।

टावरबाट हिमशृंखला, फेवाताल, विश्व शान्ति स्तूप, पञ्चासे,सराङकोटलगायत हेर्न सकिन्छ

सो टावरबाट हिमशृंखला, फेवाताल, पुम्दीभुम्दीस्थित विश्व शान्ति स्तुप, पञ्चासे क्षेत्र, काँडे, ठूलाखर्क, सल्यान, भदौरेतमागी, चापाकोट, धम्पुस, पाउँदुर, धिताल, कास्कीकोट, सराङकोट लगायत कास्कीको पश्चिमी क्षेत्रका बस्ती देख्न सकिन्छ ।

उक्त परियोजनाअन्तर्गत हालसम्म ६ तलाको भ्यु टावर निर्माण (करिब सम्पन्न), ३ सय मिटर वाल तथा तारजालीसहित कम्पाउन्डिङ, रङरोगन, १ सय मिटर सिँढी बाटो, पोखरी निर्माणका अलवा सो क्षेत्रभित्र लालीगुराँस रोपिएको छ ।

अब गाउँपालिका अध्यक्ष युवराज कुँवरको निर्देशनमा थप विस्तृत परियोजना प्रतिवेदन निर्माण गरी कार्य अघि बढाउने तयारी पनि भइरहेको परियोजना अध्यक्ष मधुप्रसाद सुवेदीले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका पर्यटकीय क्षेत्र भएको तथा पर्यटनमार्फत् गाउँपालिका समृद्घ बनाउने मूल उद्देश्य राखी टावर निर्माण गरिएको वडा सदस्य राजकुमारी परियारको भनाइ छ । उनले त्यसमार्फत पालिकाको आम्दानी स्रोतसमेत बढ्ने विश्वास व्यक्त गरिन् ।

कुल १३ रोपनी क्षेत्रफलमा फैलिएको सो परियोजनाअन्तर्गत अब ७ वटै प्रदेशका चिनारी बनाउने, इतिहासलाई जगेर्ना गर्दै लोप हुन लागेका ढिकी, जाँतो तथा तोरी पेल्ने कोल निर्माण गर्ने लक्ष्य पनि राखिएको छ । यसैगरी चौतारो, बहुद्देश्यीय भवन, म्युजियम, टिकट काउन्टर, गिफ्ट आइटम पसल बनाउने योजना समिति छ ।

परियोजना अन्तर्गत हालसम्म ६६ लाख ९४ हजार ६ सय बराबरको काम भइसकेको छ । यसवर्ष अब प्रदेश सरकारअन्तर्गत पर्यटन कार्यालयको १० लाख तथा गाउँपालिकाको ६ लाखको काम गर्न बाँकी छ । आँउदो दसैंमा टावरको उद्घाटन गर्ने योजना बनाइएको छ ।

समुन्द्री सतहदेखि कुल १ हजार ४ सय मिटर उचाइमा रहेको उक्त टावरसँगै जोडेर २ दिन २ रातको भ्रमण प्याकेज बनाउने तयारी पनि गरिएको छ । जसमा कास्कीकोट, पञ्चासे, नयाँपुलस्थित शीतल गुफा, अधिकारी डाँडाको ग्रिन कफी बगैंचा लगायत समेटिएको छ । टावरमार्फत नागडाँडामा पर्यटक भिœयाइ अर्गानिक खाना खुवाउने योजना बनाइएको छ । जसमार्फत् हाल संघ सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारामा पनि टेवा पुग्ने विश्वास गरिएको छ । टावरको पूर्णतासँगै त्यससँग जोडेर नागडाँडा र सिम्पालीमा घरबास कार्यक्रम सञ्चालन गर्ने सोच स्थानीयको छ ।

Related News

सम्बन्धित समाचार

  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । गत साल ‘पर्यटनको राजधानी’ घोषणा भएको पोखरालाई यो वर्ष भ्रमण वर्ष घोषणा गर्न लागिएको छ । महानगरपालिकाले आन्तरिक…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । सामान्यतः मंसिरभित्रै नेपालीहरुले धान थन्क्याउँछन् । सँगै दाइँ गर्छन् । तर पोखरामा अलि अनौठो भयो । पोखराका पर्यटन…

hero news full width