लायन्स पोखरा गण्डकी प्रदेशमा सुवेदी

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
Lions Club of Pokhara Gandaki Pradesh News 2

पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको अध्यक्षमा वर्ष २०२१÷०२२ का लागि कुश्मराज सुवेदी चयन भए । यसअघि प्रथम उपाध्यक्ष रहेका सुवेदी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

क्लबका निवर्तमान अध्यक्षमा कोपिला श्रीस, प्रथम उपाध्यक्ष उषा थापा, द्वितीय उपाध्यक्ष रूद्रबहादुर श्रीस, तृतीय उपाध्यक्ष सन्तु सुवेदी, सचिव सुशीला विक निर्वाचित भएका हुन् ।

यस्तै प्रशासक सञ्जु शर्मा, कोषाध्यक्ष विनीता सुवेदी, सहसचिव देवी थापा, सहकोषाध्यक्ष सुरेन्द्र थापा, मेम्बरसिप चेयरपर्सन सूर्य श्रीस, एलसीआइएफ संयोजकमा तारा बुढा, क्लब सर्भिस चेयरपर्सन पुष्पा घले पहारी, क्लब मार्केटिङ चेयरपर्सन मीना तिवारी, जनसम्पर्क अधिकृत लीला वस्ती, टेमर विष्णु छन्त्याल, टेल ट्वीस्टर रञ्जु कार्की र निर्देशक लायन खिम छन्त्याल र वीरेन्द्रकुमार पुन निर्वाचित भएका छन् ।

अन्य पदहरूमा पछि प्रक्रिया बमोजिम मनोनित गरिने क्लबका संस्थापक अध्यक्ष कोपिला श्रीसले जानकारी दिइन् । क्लबका एक्टेन्सन चेयरपर्सन एवं एडिसनल क्याबिनेट सेक्रेटरी विकास भुर्तेलले निर्वाचनको संयोजन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।…
  • रुपाताल संरक्षण परियोजना निर्माणमा जोड

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    लेखनाथ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले रुपाताल संरक्षण परियोजना निर्माणलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोखरा–३२…
  • काटिएका रुखका मुढा जफत

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । कोटीहोमका लागि भन्दै पोखराका वर्षौ पुराना वर, पीपल, शमी जातका रुखहरु काटेर थुपारिएका मुढाहरु पोखरा महानगरपालिकाले जफत गरेको…
  • नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । जन्मदिनमा हुने गरेका फजुल खर्च सामाजिक सेवामा लगाउनेहरु पनि समाजमा उत्तिकै छन् । ८५ वर्षीया एकजना ज्येष्ठ नागरिकले…
  • बालोदयमा इन्टेलेक्ट स्फेयर

    आदर्श समाज सम्वाददाता माघ २३, २०८१
    पोखरा । बालोदय मावि, बिरौटाको ३७ औं स्थापना दिवस अवसरमा दुइदिवसीय बालोदय इन्टेलेक्ट स्फेयर भएको छ । कार्यक्रममा स्टिममा आधारित…

hero news full width