लेखनाथ । बजारको माग एकातिर, पढाइ र जनशक्ति उत्पादन अर्कोतिर । बेरोजगारी समस्या उस्तै छ । युवापुस्ता भने रोजगारी खोज्दै विदेश भौंतारिने अवस्था ।
प्राविधिक शिक्षा भनेको कुर्लेको पनि धेरै नै वर्ष भयो । तर जनशक्ति पाउनै मुस्किल । यही मुस्किललाई पार लगाउन भन्दै गण्डकी प्रदेश सरकारले विश्वविद्यालयको अवधारणा ल्यायो । पोखरा विश्वविद्यालयलाई प्रदेश मातहत ल्याउने पहल पनि भएकै थियो । संघ सरकार मातहतको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रदेशले आँखा लगाएको थियो । तर प्रदेश सरकारलाई सफलता मिलेन । त्यसैको फलस्वरुप स्थापना भयो गण्डकी विश्वविद्यालय ।
बजारले मागे अनुसार जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ स्थापना भएको विश्वविद्यालयमा पोहोर फागुन ४ गते कुलपति नियुक्त भए । न्यासिक परिषद गठनदेखि पदाधिकारी नियुक्तिका काम समेत भइसकेका छन् । आफ्नै मेडिकल कलेज स्थापनाका लागि समेत विश्वविद्यालय पहलरत छ । कोर्स डिजाइनको काम पनि भइरहेकै छ । आइटीको पढाइ त सुरु हुनै आँटेको छ ।
अहिले भाडाको घरमा सञ्चालन हुँदै आएको विश्वविद्यालयले पोखरा महानगरपालिका वडा नम्बर ३२, स्यालतहरामा मंगलबार भवन शिलान्यास गरेको छ ।
पोखरा महानगरपालिका प्रमुख (मेयर) मानबहादुर जिसीले प्रशासनिक भवन शिलान्यास गर्दे विश्वविद्यालयको स्थापनासँगै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न अग्रसर रहन आग्रह गरे । नेपालका अरु विश्वविद्यालयले जस्तै परम्परागत शिक्षा दिएर अब नहुने भन्दै चाहिए व्यावहारिक शैक्षिक थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
लेखनाथमा यसअघि नै पोखरा विश्वविद्यालय छ । त्यसैको केही पर यो विश्वविद्यालय सञ्चालन हुन लागेको छ । पोखरा महानगरमा लेखनाथ गाभियो भनेर दुख मान्नेहरुका लागि यो विश्वविद्यालय गतिलो जवाफ रहेको उनको भनाइ थियो । विश्वविद्यालय स्थापनासँगै स्थानीयस्तरमा बजार विस्तार हुन भन्दै स्थानीय उत्पादन खपत समेत बढ्ने विश्वास व्यक्त गरे ।
विश्व विद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले स्रोत जुटाउँदै विश्वविद्यालयलाई अगाडि बढाउन आफूहरु प्रयत्नरत रहेको बताए । शैक्षिक थलोलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने गरी काम भइरहेको समेत उनको उल्लेख गरे । कोरोना र अन्य कारणले भनजस्तो काम हुन नसके पनि उद्देश्यबाट आफूहरु कति पनि विचलित नभएको कुलपति गुरुङलले भनाइ राखे ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारि शर्मा पौडेलले प्रारम्भिक चरणमा जग्गा प्राप्तिसँगै अबका दिनमा भवन निर्माण, स्रोतको खोजी जनशक्ति उत्पादन लगायतका काममा विश्वविद्यालय लागेको बताए । यो प्रदेशको गौरवको आयोजना रहेको र प्रदेश सरकारको सुरुदेखिको चाहाना भएकाले सफलतामा पु¥याएरै छाड्नुपर्ने उनको भनाइ थियो ।
गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले विश्वविद्यालयको भवन शिलान्यासँगै स्यालतहराको नाम अब ज्ञानकुञ्ज राखिएको जानकारी गराए । विश्वविद्यालयको नीति निर्माण, वित्त व्यवस्थापन, अर्थ संकलन तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्दै आफूहरु अगाडि बढ्ने प्रतिबद्धता उनले जनाए । कार्यक्रममा पोखरा महानगरपालिका ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, वडा सदस्य विष्णु तिवारी, निर्माणको जिम्मा पाएको खानी निर्माण सेवा प्रालिका सञ्चालक विदुर गौतम लगायतले बोलेका थिए ।
सहरी विकास तथा भवन कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानियाँले विश्वविद्यालयको गुरुयोजना निर्माणकै लागि ३ महिना लागेको बताए । गुरुयोजनालाई असर नपर्ने गरी अहिले प्रिफ्याब प्रयोग गरी भवनहरु बनाइने जानकारी दिए ।
लागत अनुमान रकम ९ करोड ४८ लाख रहे पनि ६ करोड ७४ लाख रुपैयाँमा खानी निर्माण सेवा प्रालिले ठेक्का पाएको छ । २०७८ माघ १५ गते सम्म सम्पन्न गर्ने गरी कम्पनीले जिम्मा पाएको हो । करिब ७४ रोपनी क्षेत्रफलमा निर्माण हुने प्रशासनिक, शैक्षिक, प्रायोगशाला, क्यान्टिन, पुस्तकालय लगायत संरचना बन्नेछन् । अहिले बनेका भवन कालान्तरमा कर्मचारी र पदाधिकारीको आवासका लागि प्रयोग गरिने छ । गण्डकी विश्वविद्यालयका प्रशासकीय प्रमुख घनश्याम पौडेलले बताए ।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
हिमालयनलाई वडाध्यक्ष कप
अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१