काठमाडाैं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएकाले यसको जोखिम न्यूनीकरणका लागि मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्म देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्न निर्देशन गर्ने निर्णय क्याबिनेटले गरेको छ। भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न भनिएको हो,’ मन्त्रिपरिषद् बैठकमा सहभागी १ मन्त्रीले भने।
यसका साथै पहाडी क्षेत्रका जिल्लामा २ सय र सहरी क्षेत्रका जिल्लामा ५ सय जना सक्रिय संक्रमित भए निषेधाज्ञा जारी गर्ने निर्णय समेत जिल्ला प्रशासन कार्यालयहरूले गर्न सक्ने समेत निर्णय गरिएको ती मन्त्रीको भनाइ छ।
यसअघि सीसीएमसीले सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। सोअनुसार सबै विश्वविद्यालयहरूले परीक्षा स्थगित गरेको सूचना पनि जारी गरिसकेका छन्।
सोमबार नै काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बेठकले वैशाख १६ देखि एक साताका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको छ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१