म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित शिख माविमा नमुना छात्राबास भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा पुनले आइतबार छात्राबास भवन शिलान्यास गरेका हुन् । छात्राबास भवनमा ३ तला र ३० कोठा हुनेछन् ।
छात्राबास उद्घाटनपछि अध्यक्ष गर्बुजा पुनले छात्राबास भवन निर्माणपछि दुर्गम क्षेत्रका विद्यार्थीलाई थप सहज हुने विश्वास व्यक्त गरे । गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासलाई जोड दिएको उनको भनाइ थियो । उनले विद्यालयलाई शिक्षाको क्षेत्रमा अघि ल्याउन अन्नपूर्ण गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
भवनका लागि २ करोड रुपैयाँ लागत अनुमान गरी ठेक्का आह्वान गरिएकोमा ३०.०२ प्रतिशत घटेर ढोरपाटन निर्माण सेवा प्रालिले निर्माण जिम्मा पाएको छ । यही असार मसान्तभित्रमा भवन निर्माण सक्ने लक्ष्य रहेको विद्यालयका प्रधानअध्यापक केदार कार्कीले जानकारी दिए ।
विद्यालयमा कक्षा १ देखि १२ सम्म जम्मा २१५ जना विद्यार्थी अध्ययनरत छन् । विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खाने बस्ने सुविधासहित अध्ययनको व्यवस्था मिलाउने सामाजिक विकास मन्त्रालयको अवधारणाअनुसार आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१