वालिङ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्ट कोभिड १९ को संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन वालिङ नगरपालिकाले नगरबासीमा अनुरोध गरेको छ ।
नगर प्रमुख दिलीपप्रताप खाँणले आज एक सूचना जारी गर्नुहुँदै कोभिड १९ को संक्रमणको जोखिम वालिङमा पनि बढेर गएको हुँदा सो को रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन सम्पूर्ण नगरबासीहरुमा अनुरोध गर्नुभएको हो ।
भारत तथा तेस्रो मुलुकबाट आएका ब्यक्तिहरुलाई दश दिन अनिवार्य होम क्वारेन्टिनमा बस्न र कोभिडको लक्षण देखिएमा एन्टिजिन वा पिसिआर जाँच गर्नुपर्ने छ । जाँचकाक्रममा सङ्क्रमण देखिएका ब्यक्तिहरुलाई नगरपालिकाको कोभिड अस्पतालमा या संस्थागत आईसोलेसनमा उपचारको ब्यवस्था गरिने नगर प्रमुख खाँणले बताउनुभयो । ज्येष्ठ नागरिक, दीर्घरोगीहरुले अझै बढी सावधानी अपनाउनुपर्नेमा जोड दिंदै सम्पूर्ण नगरबासीहरुलाई अत्यावश्यक काममाबाहेक घरबाट बाहिर ननिस्कन पनि नगर प्रमुख खाँणले अनुरोध गर्नुभएको छ ।
कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै पार्टी प्यालेस, क्लब, जिमखाना, फुटसल, सभा, समारोह, जुलुस तथा मानिसहरुको भीडभाड हुने खेलकुद लगायतका सबै प्रकारका कार्यक्रमहरु बन्द गरिएको प्रमुख खाँणले बताउनुभयो ।
सङ्क्रमणको उच्च जोखिममा रहेका बालबालिकाहरुलाई सङ्क्रमणबाट बचाउनकालागि विद्यालयमा जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्यरुपमा पालना गर्नुकासाथै भीडभाड कम गर्नकालागि विद्यालयमा आलोपालो प्रणालीको ब्यवस्था मिलाउनुहुन विद्यालयहरुलाई अनुरोध गरिएको छ ।
कार्यालय, पसल, सार्वजनिक सवारी साधनहरु, बैंक तथा वित्तीय संस्थाहरुमा मास्क र स्यानिटाईजरको अनिवार्य प्रयोग गर्ने र मास्क बिनाका ब्यक्तिलाई प्रवेश गर्न नदिने कार्यलाई पालना गर्दै जोखिम न्यूनिकरणमा सहयोग गर्न स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले आग्रह गर्नुभएको छ ।
कोही ब्यक्ति भारत तथा तेस्रो मुलुकबाट आएमा नगरपालिका कार्यालय, सम्बन्धित वडा कार्यालय, टोल विकास संस्था, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग सम्पर्क तथा समन्वय गरी अनिवार्यरुपमा नगरपालिकाले तयार पारेको होम क्वारेन्टिनमा बसी स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डहरु पालना गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक पाण्डेले बताउनुभयो ।
जनस्वास्थ्यसम्बन्धी नियमहरुको पालना नगरी लापरबाहीपूर्ण ब्यवहारका कारण संक्रमण फैलिन गएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुन सक्ने भएकाले जोखिम न्यूनिकरणका लागि आ–आफ्नो ठाउँबाट उच्च सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१