लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका ४ सांसद निलम्बित

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७८
lumbini

पोखरा ।  लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका जनता समाजवादी पार्टी जसपाका ४ सांसद निलम्बित भएका छन्।

सोमबार मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा मन्त्रीमा नियुक्त भएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई जसपा लुम्बिनी प्रदेश समितिले सम्पूर्ण जिम्मेवारीबाट निलम्बित गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ।

जसपाका प्रदेश अध्यक्ष अशोक यादवले एक विज्ञप्ति जारी गर्दै पार्टीका निर्णयविपरीत गई शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई सरकारबाट फर्किन निर्देशनसमेत दिएका छन्।

उनीहरुलाई सरकारबाट फर्किन निर्देशन दिँदै २४ घण्टा स्पष्टीकरण सोध्ने र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआउँदासम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्वन गरिएको विज्ञप्तिमा जनाइएको छ।

साथै चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा निजहरुलाई सांसद पद नहरने गरी कारबाहीका लागि सम्पूर्ण कानूनी प्रकृया अवलम्बन गरिने पनि विज्ञप्तिमा जनाइएको छ।

सोमबार नै जसपाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको मत दर्ता गराएको थियो। नेकपा माओवादी, नेपाली कांग्रेससहित जसपाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकै दिन जसपाका ४ सांसद सरकारमा सहभागी भएका हुन्।

Related News

सम्बन्धित समाचार

  • एमाले वडा कमिटी २१ को पदस्थापन

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । नेकपा (एमाले) पोखरा–२१ वडा कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको पदस्थापन समारोह सम्पन्न भएको छ । एमाले केन्द्रीय सदस्य…
  • एकीकृत समाजवादी गण्डकीमा नेपाली

    आदर्श समाज सम्वाददाता माघ २९, २०८१
    पोखरा । नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट कृष्णबहादुर नेपाली अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा २ दिनसम्म चलेको…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाहको पोखरा सवारी हुने भएको छ । यही २७ माघमा उनी पोखरा आउन लागेका हुन्…

hero news full width