पोखरा । बर्दिया पोखरा सम्पर्क समाजले विसं. २०७८ सालको भित्रेपात्रो विमोचन गरेको छ । पोखरामा आयोजिता उक्त कार्यक्रममा बर्दिया बासगढी नगरपालिकाका मेयर सालिकराम अधिकारीको उपस्थितिमा भित्रेपात्रो विमोचन तथा नव वर्षको शुभकामना आदानप्रदान गरिएको हो ।
बर्दियाबाट पोखरा आई विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको क्रममा रहेकाहरुलाई गोलबद्ध गर्दै विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको समाजले दोस्रोपटक आफ्नो भित्रेपात्रो सार्वजनिक गरेको हो ।
कार्यक्रममा बासगढी नगरपालिकाका मेयर अधिकारीले समाजले उद्देश्य अनुरुप नै गतिविधि सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरे । बर्दियाका पर्यटकीय क्षेत्रहरुको उन्नयनका लागि समाजले खेलेको भूमिकालाई उनले प्रशंसा व्यक्त गरे ।
दुई फरक भूगोल बीचको आत्मीयतालाई जोड्न समाजले आगामी दिनमा सिर्जनशील कार्य गर्दै जाने समाजका संस्थापक अध्यक्ष दीपक पौडेलले बताए ।
कोरोना महामारीको बेला समाजले उद्धार तथा राहत वितरणमा देखाएको सक्रियताले समाजको अझ महत्व बढेको सहभागीहरुको भनाई थियो । समाजलाई सशक्त र सबै सदस्यहरुको अपनत्व हुने खालको बनाउन लागि परेको अध्यक्ष प्रदीप पौडेलले सुनाए ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
पुराना रुख काट्नेलाई कारबाहीको माग
कास्की पोखरा समाज जापानमा कमल
hero news full width
मुख्य समाचार
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१