माओवादी केन्द्रले दर्ता गरायो गृहमन्त्री थापाले दल त्याग गरेको सूचना

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७७
xrambahadur_thapa_badal_SN4XHiaLyD.jpg.pagespeed.ic_.OJ9YE7w6ln_hyFNRX0A50

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० ले गृहमन्त्री रामबहादुर थापाले दल त्याग गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएको छ। पार्टीको विधान विपरीत केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  (एमाले)का गतिविधिमा संलग्न भएको भन्दै थापाले दल त्याग गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले विधान बमोजिम चैत २४ गते उनले दल त्याग गरेको निर्णय गरेका थिए।

यसअघि थापालाई स्पष्टीकरण समेत सोधिएको थियो। तर गृहमन्त्री थापाले स्पष्टीकरण दिएका थिएनन्।

तोकिएको समयभित्र स्पष्टीकरण निदिएको हुँदा राष्ट्रिय सभा सदस्य रामबहादुर थापाले दल त्याग गरेको निर्णय भएको, भएको माओवादी केन्द्रले संसद् सचिवालयमा दर्ता गराएको सूचनामा उल्लेख छ।

यसअघि चार जना मन्त्रीको पनि सांसद पद खोसिएको थियो।

माओवादी केन्द्रबाट निर्वाचित भएका सांसदहरु प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी र टोपबहादुर रायमाझीको सांसद पद खोसिएको हो।

एमालेमा प्रवेश गरेका उनीहरूले मन्त्री पदका लागि पुनः शपथग्रहण गरेका छन्। उनीहरूले अब बढीमा ६ महिनासम्म मन्त्री बन्न पाउनेछन्। ६ महिनासम्म पनि सांसद् नरहे उनीहरूको मन्त्री पद पनि गुम्नेछ। गृहमन्त्री बादलले पनि अब यही प्रक्रियाबाट मात्र मन्त्री कायम रहन सक्नेछन्।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु…

hero news full width