विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७७
Ministry-of-Health-and-Population

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसएमसी) लाई सिफारिस गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेकोले मन्त्रालयले भीडभाड हुने स्थान बन्द गर्ने तयारी गरेको हो। प्रवक्ता गौतमले भने, ‘विद्यालयमात्रै होइन, भीडभाड हुने स्थलहरु बन्द गर्न सार्वजनिक आह्वान गरिसकेका छौं। यसबारे अब सीसीएमसीमा छलफल हुन्छ।’

सिसएमसीले भने विद्यालय बन्द गर्ने योजना नरहेको बताएको छ। सिसिएमसीका फोकल पर्सन तथा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठका अनुसार अहिले विद्यालय बन्द गर्ने कुनै योजना छैन।

श्रेष्ठले नेपाल समयसँग भने, ‘पहिलेको जस्तो विद्यालय बन्द हुँदैनन्। हिजोमात्रै प्याब्सन, एनप्याब्सनलगायत संघसंस्थासँग सीसीएमसीले छलफल गरेको थियो। छलफलमा विद्यालय बन्द नगर्ने कुरा भएको छ। विद्यार्थीलाई कोरोना देखिएमा भने विद्यालय आफैंले निर्णय गरेर कदम चाल्न सक्छन्।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार विद्यालय उमेर समूहका बालबालिकामा संक्रमण बढ्दै गएको छ। शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्न इपिडिमियोलोजीको पनि सुझाव छ।

शिक्षा मन्त्रालयका अनुसार सम्बन्धित स्थानीय तहले नै विद्यालय खोल्ने कि नखोल्ने भन्ने निर्णय गर्न सक्ने गरी यसअघि नै निर्णय भइसकेको छ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width