लेखनाथ । व्यापार व्यवसाय प्रवद्र्धन तथा उत्थानका लागि पूर्व तयारी आवश्यक रहेको लेखनाथमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
लेखनाथ उद्योग वाणिज्य संघको आह्वानमा सोमबार संघमा आवद्ध संस्थागत सदस्य, विभिन्न उप समिति संयोजक तथा सहसंयोजकबीच भएको छलफलमा सो कुरा बताएका हुन् ।
व्यवसाय सञ्चालनपूर्व लगानीको सुनिश्चितता, त्यसको बजारीकरण र प्रतिफल यकीन नगरी व्यवसाय गर्ने हो भने घर घडेरी जोड्न त परै जाओस् भएको घर घडेरी नै बेच्नु पर्ने स्थिति आउने हुँदा पूर्व तयारी गरी व्यवसायमा लाग्नुपर्ने उनीहरुको सुझाव थियो ।
राम्रो तयारी नगरी व्यवसायमा होमिने र पछि व्यवसायबाट नै पलायन हुने गरेको उल्लेख गर्दै संघका अध्यक्ष बलराम ढकालले सुझाव र सरसल्लाह दिन तयार रहेको बताए ।
संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योण वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले व्यावसायिक उत्थानका लागि संघले बेला बेलामा तालिम, प्रशिक्षण र भ्रमणको आयोजना गरी व्यवसायीको आत्मबल बढाउने काम गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, लेखनाथ फर्निचर व्यवसायी समिति अध्यक्ष यज्ञबहादुर गुरुङ, निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष रामबहादुर गुरुङ, लेखनाथ होटल व्यवसायी समिति कार्यसमिति सदस्य तुलसी थापा, बेगनास ताल बजार व्यवस्थापन समिति अध्यक्ष दयाराम तिवारी, सहकारी तथा वित्तीय क्षेत्र परिचालन उपसमिति संयोजक इन्द्रबहादुर थापा र महिला उद्यमी परिचालन उपसमितिका संयोजक मेनका श्रेष्ठ लगायतले बोलेका थिए ।
संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव गोपिचन्द्र बास्तोलाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
बालोदयमा इन्टेलेक्ट स्फेयर
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१